खल्तीसँग कामना सेवाले कारोबार

काठमाडौं । कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने सम्झौता गरेको छ ।

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।

प्रतिक्रिया