प्रदेश १ मा कामना सेवाले थप्यो दुई शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश १ कोमोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ०९, मधुमल्ला र केराबारी गाउँपालिका १० केराबारीमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकका सञ्चालक देवकृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरूको कारोबार शुभारम्भ भएको हो ।

सोही क्रममा सञ्चालक देव कृष्ण काफ्लेले यी शाखा समेत गरी प्रदेश १ मा ११ शाखा पुगेको र थप शाखाहरू पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्रपूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बताए ।

प्रतिक्रिया