प्रिशा र अंकिशले जिते मिस्टर एन्ड मिस एसइई उपाधि

काठमाडौं । एसइई दिएर परिणामको प्रतिक्षामा बसिरहेको युवा युवतीको व्यक्तित्व र आत्मविश्वासका लागि रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा आयोजित मिस्टर एन्ड मिस एसइई अफ द इयर २०१९ प्रतियोगितमा अंकिश श्रेष्ठ र प्रिशा गिरीले प्रमुख उपाधि चुमेका छन् ।

अंकिश पब्लिक च्वाइस, फेसबुक च्वाइस, मष्ट ट्यालेन्ट, भ्युवर्स च्वाइस र युट्युव वेस्ट भ्युज उपउपाधिको विजेता भएका छन् भने प्रिशा मिस एसइईका साथमा वेस्ट सिंगर र युट्युब वेस्ट भ्युज उपउपाधिकी विजेता पनि भएकी छन् ।

पाँचाैँ संस्करणको प्रतियोगितामा अनन्त कँडेल र प्रिज्मा सापकोटा फस्ट रनर्सअप भएका छन् । प्रिज्मा फेसबुक च्वाइस र मस्ट पंचुअल पनि चुनिएकी छिन् । त्यस्तै सुवास सापकोटा र सुरेशा श्रेष्ठ सेकेन्ड रनर्सअप भएका छन् । सुवास मस्ट पपुलर र सुरेशा फेसन आइकन पनि भइन् भने स्नेहा घिमिरे थर्ड रनर्सअपका साथमा मिस कन्जिनियालिटी र सन्ध्या अधिकारी फोर्थ रनर्सअपका साथमा वेस्ट डान्सर पनि चुनिईन् ।

राजधानीमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा पुरुषतर्पm रोहन खत्री मिस्टर ह्यान्डसम, सागर महर्जन मस्ट फ्रेन्डली, रिजन श्रेष्ठ मस्ट फोटोजेनिक र समिर खत्री बेस्ट पर्सनालिटी भएका छन् । विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अभिनेता आयुष रिजाल, डा. अनिल मिश्रा, डा. आभाष लाभ, प्रा. सुदन डोटेल, मिसेस एसिया प्यासिफिक इन्टरनेसनल तथा मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी र मिसेस नेपाल ग्ल्याम एलिजा महर्जन निर्णायक रहेका थिए । प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया