मोडल हन्ट हुँदै

काठमाडौं । नेपालमा मोडलिङप्रति नयाँ पुस्तालाई अभिप्रेरित गर्ने लक्ष्यका साथ ‘मोडल हन्ट नेपाल’ को पाँचौ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल नेपालले एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल २०१९’ को आवेदन खुल्ला भएको जनाएको हो । प्रिपियर फर इनिसियसन’ अर्थात ‘सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभरबाट छानेका युवायुवतीलाई सशक्तिकरणमार्फत देश तथा विदेशमा मोडलिङसम्बन्धी विभिन्न अवसर प्रदान गर्ने उद्देश्य रहेको आयोजकको भनाई छ ।

पाँचाँ संस्करणसम्म आइपुग्दा तीन सयभन्दा बढी युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरी दर्जनाँै व्यवसायिक मोडल उत्पादन गर्न सफल भएको आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले जिकिर गरे । ‘मोडल हन्ट’ इन्डिया, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, अमेरिकालगायत विश्वका विभिन्न देशमा सञ्चालन हँुदै आएको धमलाले जानकारी दिए । यो प्रतियोगिता विगत ५ वर्षदेखि नेपालमा आयोजना हुँदै आएको छ ।

‘मोडल हन्ट नेपाल २०१९’ मा भारतका चर्चित फेसन कोरियोग्राफर अभिमन्यु सिंह तमोरसमेत आबद्ध भएका छन् । ल्याक्मे फेसन विक लन्चप्याड, एसियन फेसन अवार्ड, एसिया डिजाइनर विक, एसिया लाइफ स्टाइल विक, दुबई फेसन शोलगायत दर्जनौ अन्तर्राष्ट्रिय प्रतियोगिताका मुख्य कोरियोग्राफर भएर काम गर्दै आएका तमोर यो प्रतियोगिताको यस वर्षका मुख्य प्रशिक्षकसमेत रहेको धमलाले जनाए । नेपाली प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरका कोरियोग्राफरको उपस्थितिले नेपाली मोडललाई विश्वमा चिनाउन र काम गर्ने अवसर प्रदान गर्न सहयोग पुग्ने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रष्ट पारिन् ।

२२ जुनदेखि प्रारम्भिक अडिसन सुरु हुने प्रतियोगिता १७ अगस्टमा सम्पन्न हुँदैछ । प्रतियोगिताका विजेताले लक्जरी ब्रान्ड मोडल अवार्ड कोरिया, पुने फेसन विक, मिस्टर ओसियन, सुपर मोडल ग्लोबजस्ता उत्कृष्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया