मुग । नेपाल टेलिकमले सेवा दिँदै आएको एडिसिएल इन्टरनेट सेवा सुस्त हँुदा सेवाग्राही समस्यामा परेका छ । केही दिनदेखि इन्टरनेट सेवा बिहान ६ बजेपछि मात्र आउने र बेलुका पाँच बजेपछि जाने प्रवित्तिले सेवाग्राही मर्कामा परेका हुन् । विशेष गरी लोकसेवा आयोगको फर्म भर्न गाउँगाउँबाट आएका परीक्षार्थी इन्टरनेट सेवा सुस्त हँुदा मर्कामा पर्ने गरेका छन् । ३ असारमा लोक सेवा आयोगको फर्म भर्ने अन्तिम दिन नजिकिएसँगै परीक्षार्थी फर्म भर्नका लागि मुगु सदरमुकाम गमगढीमा रहेका इन्सिच्युटमा लाइनबद्ध भई फर्म भरी रहेका छन् ।
इन्टरनेट सेवा सुस्त हँुदा फर्म भर्नका लागि पालो कुर्दै दिन बिताउनुपरेको लोक सेवा आयोगको राजप्रत्रांकित द्वितीय श्रेणी खरिदारको फर्म भर्न आएका छायानाथ रारा नगरपालिका–१० शेरबहादुर बढुवालले गुनासो गरे । पाँच मिनेटको काम इन्टरनेट सेवा सहज नहँुदा दिनभरी बस्नुपरेको उनको भनाइ छ । इन्टरनेट सेवा सुस्त हँुदा परीक्षार्थीको फर्म भर्न समस्या भएको रारा इन कर्पोरेसन इन्सिच्युटका सञ्चालक धनकृष्ण बढुवालले बताए । उनका अनुसार लोकसेवा आयोगको फर्म भर्ने अन्तिम दिन नजिकिएसँगै परीक्षार्थी लाइनबद्ध छन् तर इन्टरनेटको सुस्तताले काम गर्न समस्या भएको सञ्चालक बुढाले गुनासो गरे । एक दिनमा चार/पाँच जनाको मात्रै फर्म सकिएको र अन्यलाई फिर्ता पठाउनुपरेको उनको भनाइ छ । बत्ती पनि छैन इन्टरनेट सेवा पनि सुस्त छ ।
इन्टरनेट आउने जाने गर्छ काम गर्न समस्या भएको बुढाले बताए । यता नेपाल टेलिकम शाखा कार्यलय मुगुका सहायक कार्यालय प्रमुख गणेश डिसीका अनुसार बत्तीको ब्याकअप पावरको समस्याले यस्तो समस्या भएको बताए । १२ घण्टा मात्र ब्याकअपको पावरले धान्ने र बाँकी समय इन्टरनेट जाने र सेवा सुस्त हुन पुगेको उनको भनाइ छ । केही दिनदेखि मुगुमा विद्युत् सेवा बन्द भएर यस्तो समस्या आएको बताउँदै प्रमुख डिसीका अनुसार अब जेनेरेटर आइसकेकाले जेनेरेटर जडान गरेर सेवा विस्तार गरिने उनको भनाइ छ । यसैबीच बत्ती र इन्टरनेटको सहज पहुँच नहँुदा सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज पनि प्रभावित भएका छन् । सरकारी कामकाजको लागि गाउँबाट आएका सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन् ।
वेबसाइडमा पनि समस्या
पहिलेका वर्षहरूमा लोक सेवा आयोगको फर्म भर्नका लागि सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत फर्म भर्ने भए पनि त्यो हटेर नयाँ पद्धति अनलाइन फर्मको विकास भए पनि यो पद्धति झन्झटिलो भएको छ । लोक सेवा आयागको परीक्षा हुने नहुने दुविधाले फर्म भर्न नपाएका परीक्षार्थीलाई अन्तिम दिन नजिकिएसँगै देशभरीबाट एकै साथ फर्म भर्न खोज्दा लोकसेवा आयोगको वेबसाइटमा देखिएको समस्याले हैरान बनाएको छ ।
समयमै फर्म भर्न मुस्किल हुने । वेबसाइट खुल्न ढिला हुने गरेको छ । मुगुमा बत्ती र इन्टरनेटको समस्याले गर्दा अधिकांश परीक्षार्थीले फर्म भर्न पनि पाएका छैनन् । इन्टरनेटको पहुँच बाहिर भएका परीक्षार्थीलाई फर्म भर्न झन्भटिलो हुने गरेकोे परीक्षार्थीहरू बताउँछन् । सहर बजारका विद्यार्थीलाई अनलाइन फर्म भर्न सजिलो हुने भए पनि ग्रामीण भेगका विद्यार्थीलाई असहज हुुने गरेको विद्यार्थीको भनाइ छ ।
परीक्षार्थी चर्को मूल्य तिर्न बाध्य
अनलाइन फर्मको विकास भएसँगै इन्टरनेटको सहज पहुँच नभएका परीक्षार्थी चर्को मूल्य तिरेर फर्म भर्न बाध्य भएका छन् । लोकसेवा आयोगले अनलाइन फर्म भर्ने प्रद्धति विकास गरेसँगै इन्टरनेटको सहज पहुँच नहँुदा परीक्षार्थीहरू इन्सिच्युटमा गहेर चर्को मूल्य तिरेर फर्म भर्न बाध्य भएको परीक्षार्थीको भनाइ छ ।
फर्म भरेबापत कुनै इन्सिच्युटहरूलाई पाँच सय शुल्क तिर्नुपरेको छ भने कुनै इन्सिच्युटमा एक हजारभन्दा बढी शुल्क तिर्न परेको परिक्षार्थीहरूले गुनासो गरेका छन् । फर्म भरी सकेपछि पनि फेरी लोक सेवा आयोगले तोकेको बैंकमा गई खरिदार वा सो सरहको तीन सय, प्रासको चार सय र अधिकृत स्तरको एक हजार लोकसेवा आयोगको खातामा जम्मा गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया