नेपाल फेस्टिवल सम्पन्न

एजेन्सी, टोकियो । जापानको नागोयामा पहिलो पटक आयोजना गरेको नेपाल फेस्टिवल भब्य रुपमा सम्पन्न भएको छ । दुई दिने नेपाल फेस्टिवल शनिबार र आइतबार नागोयाको साकयास्थित हिसियादोहोरी पार्कमा सम्पन्न भएको हो ।

नेपाल भ्रमण वर्ष २०–२० नजिकदै गर्दा नेपाली कला सस्कृति तथा मौलिक पहिचान झल्कउदै जापानीहरूमा नेपालको पर्यटन प्रबर्दन गर्ने उदेश्यले आयोजना गरेको फेस्टिबलमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणका रुपमा राखिएको थियो । पहिलो दिन शानिबार जापानका लागि नेपाली राजदुत प्रतिभा रानाबाट उद्घाटन भएको उक्त कार्यक्रममा नेपाली राजदूत उपनियोग उपप्रमुख कृष्णचन्द्र अर्याललगायत जापानस्थित नेपालीको ठूलो सहभागिता थियो ।

कार्यक्रमको उद्घाटनसंगै सबै अथितिहरुले आ –आफ्नो मन्तब्य राखेका थिए । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा जापानीलाई नेपाल चिनाउन जापानको नागोयामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेको एनआरएनए जापानका पूर्व अध्यक्षसमेत रहेका कार्यक्रम संयोजक पारसमणि पोखरेलको भनाई छ ।

साथै अबदेखि प्रत्येक बर्ष नागोयामा पनि नेपाल फेष्टिवललाई निरन्तरता दिने बताए । कार्यक्रम उद्घाटसँगै नेपाली बाजागाजा सहित विभिन्न जातजातिका जातिय पोशाकमा सजिएर ‘हामी नेपाली हो’ भनेर ¥यालीसहित विभिन्न समुदायमा रहेका बिबिध कला, संस्कृति तथा भेषभुषा झल्काउने प्रस्तुति विशेष थियो ।

कार्यक्रम हेर्न हजरौको संख्यामा नेपालीहरु सहित जापानीहरुको पनि बाक्लै उपस्थिति रहेको थियो । फेस्टिवलमा नेपाली स्वाद पस्कने खानाका स्टल १२ वटा, नर्मल स्टल २० वटा राखिएको थियो । साथै अन्य विभिन्न नेपालको प्रचार प्रसार गर्ने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका स्टलहरू समेत राखिएको थियो ।

कार्यक्रममा स्थनीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । साथै जापनी कलाकारहरुले पनि नुत्य र गायन प्रस्तुत गरेका थिए । अर्को आकर्षणका रूपमा नेपाली परम्परा अनुसारको बिबाह गर्ने प्रचलनलाई पनि जापानीमाझ देखाएको थियो । विविध भेषभुषा, भाषा संस्कृतिले धनि हाम्रो देश नेपालको पहिचान बिस्व समुदायमा प्रस्तुत गर्न प्रभावकारी देखिएको यस्ता फेस्टिवललाई निरन्तरता दिनु पर्ने सहभागीले बताए ।

प्रतिक्रिया