चितवन । पूर्वशिक्षा मन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका नेता धनीराम पौडेल (डि.आर) को हृदयघातका कारण निधन भएको छ ।
घर निर्माणको सिलसिलामा केही दिनदेखि उनी गृहजिल्ला चितवनमा थिए । शुक्रबार बिहानै ५४ वर्षीय पौडेललाई हृदयघात भएपछि अस्पताल लगिएको थियो । अस्पताल लगैलगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । आफन्त र छिमेकीले उपचारका लागि माडी नगरपालिकास्थित बघौडा अस्पताल र्पुयाउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री पोखरेल चितवन पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जिली अर्पण गरे । उनको शुक्रबार नै अन्त्येष्टि गरिएको छ ।
पौडेल संविधानसभाको सदस्य थिए । पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत हुन् । पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुनुहुन् । उनँकी श्रीमती गंगा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुन् । पौडेलका दुई छोरी छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक (२०७३ साउनदेखि २०७४ जेठसम्म) प्रधानमन्त्री हुँदा पौडेलले शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया