एजेन्सी, लन्डन । इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ ।
वर्षाको कारण खेल सुरु हुने निर्धारित चार घण्टा भन्दा बढी समयसम्म सुचारु हुन नसकेपछि दुबै टोली १÷१ अंक बाँड्न बाध्य भएका छन् ।
यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम रहेको छ । भारत ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै तेस्रो स्थानमा छ ।
भारतले आफ्नो चौथो खेल असार १ मा पाकिस्तानसँग खेल्ने छ । त्यस्तै न्युजिल्यान्डले आफ्नो पाँचाँै खेल असार ४ मा दक्षिण अफ्रिकासँग खेल्ने छ । जारी विश्वकपमा वर्षाको कारण खेल रद्द भएको यो चौथो पटक हो ।
प्रतिक्रिया