काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश–१ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुंगी र बुद्धशान्ति गाउँपालिका १, बुधबारेमा बिहीबार ८८औं र ८९औँ शाखा कार्यालय स्थापना गरेको छ ।
बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरूको कारोबार सुरु गरिएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा समेत गरी प्रदेश–१ मा ९ शाखा पुगेको र थप शाखाहरूपनि शीघ्र सञ्चालनमा आउने बताए ।
प्रतिक्रिया