काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलेको हो । नयाँ खोलिएका शाखाहरूबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यावसायीहरूलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिंङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।
तनहुँको डुमेमा शाखा उद्घाटनसँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परीक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरूलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ ।
प्रतिक्रिया