अल्ट्रा प्रिमियम भोडकालाई ग्रान्ड गोल्ड क्वालिटी अवार्ड

काठमाडौं । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७औँ मोन्डे सेलेक्सन अवार्डस्मा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । भोड्काले स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप गरि पाँच विभिन्न मापदण्डमा आधारित अवार्ड पाएको हो ।

मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो ।

मोन्डे सेलेक्सन अवार्डले केबल एक सम्मानभन्दा अधिक रहेर उपभोक्ताहरूका लागि गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता र उत्पादनको आन्तरिक बाहिरी मान्यता नियन्त्रण तथा निर्विवाद बिक्री तर्कको प्रत्याभूति दिन्छ । रुस्लान अल्ट्रा प्रिमियम भोड्का हालैमात्र अर्थात २०७५ मंसिर (सन् २०१८ डिसेम्बर)मा मात्र बजारमा ल्याइएको हो र भोड्का उपभोक्ताबीच पहिलो रोजाईको रूपमा बजारमा तीव्र रूपमा कारोबार बढ्दै गएको छ ।

प्रतिक्रिया