काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेष्टिभ डिलाइट २०७५ का बम्पर विजेताहरुलाइ पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा आयोजित एक कार्यक्रमकाबीच लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्का लाई क्रेटाको साँचो तथा भावना केसिलाई आई टवान्टि एक्टिभको साँचो हस्तान्तरण गरे । उक्त समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कञ्जुमर आईकी अध्यक्ष विमला खनाल, हुण्डाई मिस फ्रेण्डशीप २०१९ की विजेता नैन्सी बोगटी लगायतको उपस्थिति थियो ।
लक्की ड्र को विजेताहरुको छनौट ५ मे, २०१९ मा भएको थियो । बम्पर लक्की ड्र को विजेताहरुको छनौट कञ्जुमर आईकी अध्यक्ष श्रीमती विमला खनाल र मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले गरेका थिए । साथै १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताहरुको छनौट गरिएको थियो ।
हुण्डाई फेष्टिभ डिलाइट२०७५अन्तर्गत हुण्डाइ खरिदकर्ताहरुले एक थान क्रेटा एक, एक थान आई टवान्टि एक्टिभ, १ सय जनाले १० ग्राम सुन सहित स्क्राच कार्ड मार्फत १ लाख सम्मको नगद छुटपनि प्राप्त गरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरे ।
सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
प्रतिक्रिया