काठमाडौं । लोक दोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको आवाज रहेको ‘हाँस्ने खेल्ने’ गीत सार्वजनिक भएकोे छ । डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा लोक गायक मच्छेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ ।
पुराना सर्जक मच्छेश्वरको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गीतको ध्वनि सम्पादन खडक बाजुरालीले गरेका हुन् । हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयं हेरुका लामा र आयुष्मा कार्कीको अभिनय छ । दृश्य छायांकन र ड्रोन रोनिश तामाङको रहेको भिडियोको सम्पादन नवीन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाईंको रहेको छ ।
केही दिनअघि मात्र ‘सपनी’ नामक लोकदोहोरी गीत ल्याएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सोअघि केही अरू गीत ल्याउने जानकारी डिएआर मुभिजले गराएको थियो । ‘हाँस्ने खेल्ने’ गीतको भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलमा राखिएको छ ।
प्रतिक्रिया