काठमाडौं । पञ्चकन्या ग्रुपद्धारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रोपावरको वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । इलाम जिल्लामा १२ मेगावाट क्षमताको अपर माई र ६ दशमलव १ मेगावाट क्षमताको माथिल्लो माई सी जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न गरी राष्ट्रिय वितरण प्रणालीमा जोडिसकेको छ ।
त्यस्तै, कम्पनीले दुईवटा आयोजनाहरूमध्ये अपर माई जलविद्युत आयोजनाको व्यवसायिक उत्पादन २०७३ साल असार ९ गते देखि सुरु गरी सञ्चालनमा ल्याएको जनाएको छ । यी आयोजनाहरूबाट उत्पादित विद्युत सो कम्पनीले निर्माण गरेको १८ दशमलव ५ किमी लामो माबु–गोदक १ सय ३२ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको इलामको गोदक सबस्टेसनको राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनी ३ करोड ९६ लाख १ हजार रुपैयाँ नोक्सानमा रहेको छ भने गत वर्ष कम्पनीले २७ करोड ३४ लाख ५५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस वर्ष यो आम्दानी २६ करोड ७३ लाख ७८ हजार रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब ५ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया