काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हिमालयन हाइड्रोले १ सय अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाखरुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाखकित्ताको ९ करोड रुपैयाँ बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरूको लागि छुट्याइएको छ ।
आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ । आईपिओ निष्काशन सम्बन्धी सम्झौतामा हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रबन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, कम्पनीले आउँदो दशैैँसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया