काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर सङ प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रूपैयाँ प्रदान गरेको छ । प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए ।
यसरी प्रतियोगीहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।
प्रतिक्रिया