सोलुखुम्बु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामको प्रहरी चौकी आक्रमणको प्रयास गरेको छ । आइतबार राति विप्लव समूहले प्रहरी चौकी आक्रमण गर्ने सूचना पाएपछि चौकीका सबै प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गएकोले आक्रमणको प्रयास भने असफल भएको जनाइएको छ ।
राति करिब १२ बजेको समयमा झण्डै ३० जना विप्लव समूहका कार्यकर्ता हतियारसहित चौकीमा पुगेका थिए । उक्त चौकीमा रहेका ७ जना प्रहरी सुरक्षित ठाउँमा गएपछि विप्लवका कार्यकर्ता बिहान ३ बजेसम्म प्रहरी चोकी आसपासमै रहेका थिए ।
केही दिन अघि देखि नै शंकास्पद गतिविधि भइरहेको थाहा पाएपछि प्रहरीले त्यहाँ उच्च सतर्कता अपनाएको थियो ।सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले अहिले सुरक्षा समितिको बैठक बसिरहेको र बैठक सकिएपछि पूर्ण जानकारी दिने बताएका छन् ।
प्रतिक्रिया