रामजी, करिश्मा र नुनाको अभिनयमा दुर्गाको ‘चिरिबिरी सुन्तलीमै’

काठमाडाैँ । लोकदोहोरी गायक दुर्गा बिरहीले नेपाली सांगीतिक क्षेत्रमा फेरी अर्को पृथक गीत ‘चिरिबिरी सुन्तालिमै’ ल्याएका छन् । यस गीतको भिडियो यही जेष्ठ १५ गते सार्वजनिक गरिएको छ ।

अजय थापा र सुशिला श्रीपालिको आवाजमा रहेको उक्त गीत दिपेन्द्र राज अधिकारीको शब्द रचना तथा अजयकै संगीत रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।

त्यस्तै यस गीतको भिडियोमा गायक तथा पछिल्लो समयमा विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नसमेत छलाङ्ग मारेका रामजी खाँण, मोडेल करिश्मा ढकाल र नुना बिसीले फरक शैलीमा अभिनय गरेका छन् ।

बिक्रम चौहानले निर्देशन गरेको उक्त भिडियो प्रकाश खड्काले छायांकन गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । सोही भिडियो गायक दुर्गा बिरहिकै म्युजिक कम्पनी आत्मा बिश्वास फिल्मसको युट्युब च्यानलमार्फत बजारमा आएको छ ।

फरक शैलीमा यस गीत र भिडियो बजारमा ल्याएकोले सबै नेपालि दर्शक श्रोताको रोजाइमा पर्ने दुर्गा बिरहीले आशा ब्यक्त गरेका छन् । गीतको भिडियो तल हेर्नुहोला 

प्रतिक्रिया