दीपक र सद्भावको टोली च्याम्पियन

काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा प्रोफेसनल गल्फर दीपक आचार्यले आफ्नो छोरा सद्भाव आचार्यसहितको तीन एमेच्योर गल्फरसँग मिलेर प्रोफेसनल–एमेच्योरको उपाधि जितेका छन् । पार–७२ को गोकर्ण गल्फ क्लबमा शुक्रबार भएको खेलमा प्रोफेसनल गल्फर दीपक, एमेच्योर गल्फरहरू सद्भाव, हृदेशकुमार सिंह र कल्साङ शेर्पाको टोलीले कुल १६६ स्कोर गर्दै उपाधि उचालेका हुन् । प्रो. गल्फर दीपकले ३० स्कोर बटुल्दा उनको छोरा सद्भावले प्रतियोगिताकै सर्वाधिक ४५ स्कोर गर्न सफल भए । हृदेश सिंहले ४३ र कल्साङले ३९ स्कोर गर्दा प्रो. गल्फर दीपकको टोलीले सहजै उपाधि आफ्नो बनाउन सफल भयो ।

अर्का प्रो. गल्फर सचिन भट्टराईको टोली कुल १४९ स्कोरसहित उपविजेतामा सीमित भयो । सचिनले ३८ स्कोर गर्दा टोलीका एमेच्योर गल्फर कासमीरा शाहले ३८ स्कोर, टेन्डी शेर्पाले ३७ र रवीन्द्र तिवारीले ३६ स्कोर गरेका थिए । कासमीराले शाहले महिलातर्पm उत्कृष्ट स्कोरको ट्रफी पनि आफ्नो बनाएकी थिइन् । प्रो. गल्फर टासी घलेको टोली तेस्रो स्थानमा रहँदा कुल १४१ स्कोर गरेको थियो ।

उक्त टोलीका एमेच्योर गल्फर भरत बस्ताकोटीले ३५ स्कोर, मदन राणाले ३४ स्कोर र हेमन्त थापाले ३४ स्कोर गरे । वाङचुन धोन्डुपले लंगेस्ट ड्राइभ र तुलसी भट्टले क्लोजेस्ट टु दी पिनको ट्रफी जिन्त सफल भए । प्रतियोगितामा २५ प्रोफेसनल गल्फरसहित कुल ९७ गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रो–एमेच्योरको विधा स्टेबलफोर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटमा खेलाइएको थियो ।

शीर्ष प्रो. गल्फर र शीर्ष तीन एमेच्योर गल्फरको एक टोलीमा समावेश गरी खेलाइएको थियो । चौथो, पाँचौँ र छैटौँ एमेच्योर गल्फरलाई दोस्रो स्थानका प्रो. गल्फरको टोलीमा राखिएको थियो । तेस्रो स्थानका प्रो. गल्फरलाई सातौँ, आठौँ र नवौँ एमेच्योर गल्फरको टोली बनाइएको थियो । प्रतियोगिताका विजेता खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्धक निर्देशक अविमन्यु पोदार, बजारतर्पmका उपाध्यक्ष दिप्रा लाहिरी र नेपाल प्रोफेसनल गल्फ संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया