नेपाली कामदारलाई विभेद कहिलेसम्म ?

संखुवासभामा निमार्णधीन बहुचर्चित नौ सय मेघावाटको अरुण तेस्रो परियोजनामा कामगर्ने नेपाली कर्मचारी तथा कामदार भारतीय कर्मचारका कारण चरम विभेद तथा हिंसामा परेका छन् ।

अरुण तेस्रोको कार्यालय तथा निर्माण स्थलमा कामगर्ने कर्मचारी तथा कामदारलाई त्यहाँ खटिएका भारतीय कर्मचारीहरूले चरम विभेद गर्ने गरेको नेपाली कर्मचारीको आरोप छ । कर्मचारीमाथि भएका विभेद एक ठाउँमा मात्रै होइन, अनेक ठाउँमा कुनै न कुनै बहनामा नेपाली कर्मचारीमाथि विभेद हुने गरेको छ । तलब, श्रमदेखि स–सानो कुरामा समेत भारतीय कर्मचारीले यातना दिने गरेको नेपाली कर्मचारीहरू बताउँछन् ।

यसको पछिल्लो उदाहरण हो वैशाख ११ गते भएको घटना । उक्त दिन अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा कार्यरत नेपाली कर्मचारी बबिन बराललाई काममा नआउन आदेश गरिएको थियो । उनलाई काममा नआउँन भन्नुको कारण स्थानीयलाई कुर्सीमा बस्न दिएको भन्ने आरोपमा छ । सो दिन मुआब्जाको माग गर्दै नयाँ बस्तीका स्थानीय अरुण तेस्रोको कार्यालय पुगेका थिए । उनीहरू विगत आठ महिनादेखि मुआब्जाको माग गर्दै अरुण तेस्रोको कार्यालय धाइरहेका छन् । सोही क्रममा बरालले कार्यालयमा पुगेका स्थानीयलाई बस्नको लागिभन्दै कुर्सि दिएकाथिए ।

मुआब्जा माग्न आउने स्थानीयलाई बस्ने कुर्सी दिएको भन्दै बराललाई कार्यालयका प्रशासन प्रमुख पवन बर्मा र रमेशचन्द्र सुलेरियाले किन कुर्सी दिएको भन्दै हप्काएका थिए । त्यही बस्ने कुर्सी दिएको आरोपमा बराललाई काममा नआउन भनेको उनको गुनासो छ बराल भन्छन् ‘अरु बेला पनि स्थानीय जनता कार्यालयमा आउँथे अरुबेला बस्ने ठाउँ नदिँदा किन बस्ने ठाउँ नदिएको भनेर गाली गर्थे, बस्ने ठाउँ दिँदा पनि गाली गरेर कामबाट निकाले, हामी नेपाली कामदारलाई केही गर्दा पनि जस छैन्’ । उनी भन्छन, ‘बाँदर लड्ने भिरका मान्छे आउँदा किन बस्नदिएको भनेर मलाई यातना दिए ।’

त्यहाँ रहेको भारतीय कर्मचारीले नेपाली कामदारलाई मात्रै होइन मुआब्जा माग्न आउने स्थानीयलाई समेत हेप्ने गरेका छन् । गाउँबाट आएका मान्छेलाई भूँइमा बसाए पनि हुन्छ किन कुर्सी दिनु जस्ता उनीहरूको अभिव्यक्ति हेपाहा सोचको एक नमूना हो ।

कार्यालले बराललाई मौखिक रूपमा काममा नआउन भने पनि लिखित जानकारी गराएको छैन । बराल भन्छन्, ‘मलाई सुरुमा कार्यालयका प्रशासन प्रमुख पवन बर्माले छ दिन पछि कार्यालय आउनु भने, छ दिन पछि कार्यालय जादाँ पुनः हप्ता पछि मात्रै आउनु भनेर पठाए’ के कारणले पटक पटक दिन सारेर कार्यालयमा बोलाइएको हो मलाई थाहा छैन,’ बरालले भने । उनलाई कुनै कारण बिना नै काममा लगाउन आलटाल गर्दै छन् ।

अरुण तेस्रोको कार्यालयमा शनिबार तथा बिदाको दिन समेत आरम गर्न नपाई काम गर्ने गरेको नेपाली कर्मचारीहरूले बताएका छन् । कर्मचारी बबिन बराल भन्छन्, ‘शुक्रबार कार्यालय बिदा भएपछि हामी घर जान्छौँ, शुक्रबार कार्यालयमा हुँदासम्म कुनै जानकारी गराइदैन शनिबार पनि कार्यालयमा काम गर्न पर्छ भनेर, शनिबार कार्यालयमा गएन भने आइतबार भारतीय कर्मचारीहरूले अपमान र हिंसा गर्ने गरेको र राति १० बजे सम्म काम लगाउँछन्’ । आफ्ना भोगाइ सुनाउँदै उनी प्रश्न गर्छन्, ‘कार्यालयको जानकारी बिना बिदाको दिन कसरी काममा आउनु, ?’

बरालको जस्तै समस्यामा परेका छन् संखुवासभा कै मेयरमान राई पनि । उनी भारतीय कर्मचारीको गाली, यातना र दबाव सहन नसकेर जागिर नै छोड्न बाध्य भए । उनी भन्छन्, ‘हामीले तोकिएको समयभन्दा बढी काम गर्नपर्छ, बढी काम गरे पनि ओभरटाइमको पैसा दिँदैन, अझ त्यसमा आफूले पाउनुपर्ने तलब समेत ४५ दिन पछि मात्रै दिने र गाली गर्ने गरेको सहन नसकेर जागिर छोड्न बाध्नभएको सुनाए । नेपाली कामदार प्रति जस्तो व्यवहार गनरे पनि हुन्छ भन्ने सोचले ग्रस्त भारतीय कर्मचारीको व्यवहारले नेपाली कर्मचारीमा व्यापक आक्रोस छ ।

यहाँ काम गर्ने सबै जसो नपाली कार्मचारी यस्तै समस्या, हिंसा र विदेभबाट अछुतो रहेका छैनन् । त्यस्तै अर्का कर्मचारी हुन संखुवासभाकै श्याम तामाङ । उनीले पनि भारतीय कर्मचारीहरूको हेपाहा प्रवृद्धि र हिंसाका कारण काम नै छोडे । कम गरेर मात्रै चित्त नबुझाउने भारतीय कर्मचारीले नेपाली कर्मचारीलाई निकै सास्ती दिने गरेका उदाहरण हुन् यी । उनीहरूले त्यहाँ काम गर्ने तत्लो तहका भारतीय प्रति गर्ने र नेपाली प्रति गर्ने व्यवहार फरक छ ।

उनीहरू त उदाहरण मात्रै हुन् विभेद र हिंसा खेप्ने । उनीहरू भन्छन् हामी जतिपनि नेपालीहरू सो कम्पनीमा काम गरिरहेका छौँ, सबैलाई यस्तै प्रकारका व्यवहार छ, उनीहरूले भनेको मान्नै पर्छ, नभए जागिरबाट निकाला गरिदिन्छन्, रातको १२ बजेसम्म पनि काम गर्नपर्छ नेपालीहरूलाई ओभरटाइमको पैसा दिइँदैन ।

यसरी नेपाली कामदारहरू चरम विभेद गर्दा समेत जिल्लाका राजनैतिक दलका नेताहरू भने कानमा तेल हालेर बसेका छन् । भारतीय कर्मचारीको ज्याजतिका बिरुद्ध नेपाली नेता मौन हुनका कारण के हुनसक्ला ? उनीहरूले प्रश्न गरे । अरुण तेस्रोको पिडिएमा स्थानीयलाई रोजगारीको अवसर हुनेछ भनिए तापनि स्थानीयलाई रोजगारी दिलाउने त कुरै छाडाँै, भएका नेपाली कामदार समेत विभेद, यातना र हेपाइमा परिरहँदा उनीहरूले कुनै वास्ता नगरेको पीडितहरूको गुनासो छ । नाम नबताउने सर्तमा अरुण तेस्रोमा कामगर्ने एक कर्मचारीले भने, ‘यिनीहरू आयोजना सम्पन्न गर्न आएका होइनन् आयोजना ओगट्न मात्रै आएका हुन् ।’

यता लगानीबोर्ड र जिल्ला प्रशासन कार्यालयले पनि यस विषयमा ध्यानदिएको छैन् । कामको प्रगति के छ, कुन गतिमा काम भइरहेको छ भन्ने विषयमा कुनै चासो राख्ने गरेका छैनन् । यसरी दिनहुँ नेपाली कामदार चरम विभेदमा पर्दा र कामको गति नबढ्दा लगानी बोर्ड र जिल्ला प्रशासन कार्यालयले ध्यानदिनु पर्ने हो तर कानमा तेल हालेर बसेका छन् ।

सतलज जल विद्युत निगमका भारतीय कम्पनीले यसको निर्माण गरिरहेको छ । १ खर्ब ४० अर्ब लागत अनुमान भएको यो परियोजना सन् २०२२ सम्ममा सम्पन्न हुने निर्माण कम्पनीको भनाइ छ । नौ सय मेगावाटमा १ सय ९७ मेगावाट बिजुली नेपालले सित्तैमा पाउने र २५ वर्षमा नेपाललाई हस्तान्तरण हुने सम्झौता रहेको छ । २०७५ वैशाख २८ गते प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले अरुण तेस्रोको डिजिटल शिल्यान्यास गरेका थिए ।

प्रतिक्रिया