प्रकोप फैलिन नदिन उच्च सतर्कता

मुगु । जिल्ला स्थास्थ्य कार्यालय मुगुले भाइरलको प्रकोप फैलिन नदिन उच्च सतर्कता अपनाएको छ । केही हप्तादेखि छिमेकी जिल्लामा भाइरल ज्वरोको प्रकोप फैलिरहेका वेला त्यसबाट बच्न मुगुमा भने उच्च सतर्कता अपनाइएको हो ।

छिमिकी जिल्ला हुम्ला, बाजुरामा भाइरल ज्वरोका बिरामी भेटिएकाले त्यो प्रकोप मुगुसम्म आउन सक्ने भन्दै सर्वसाधारणमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भाइरल हावाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँ एक व्यक्तिबाट अर्को व्यक्तिसम्म हावाको माध्यमबाट श्वासप्रश्वासको माध्यमबाट भाइरलको प्रकोप सर्ने भएकाले सचेत रहन र सरसफाइमा ध्यान जिल्ला स्वास्थ्य कार्यलय मुगुले आग्रह गरेको छ ।

भाइरलको प्रकोपबाट बच्न स्थानीय तहहरूमा सचेतनामूलक कार्यक्रम गरिरहेका जिल्ला स्वास्थ्य कार्यलय मुगुका डा. सुरज गरौले जानकारी दिए । उनका अनुसार यो समयमा भिडभाडमा नबस्ने प्रकोप क्षेत्रमा नजाने, बाहिर हिँड्दा माक्सको प्रयोग गर्ने सरसफाइमा ध्यान दिने गरेमा भाइरलको प्रकोपबाट बच्न सकिने उहाँको भनाइ छ । भाइरल प्रकोपबाट बच्न पूर्व तयारीका लागि सौरु गाउँपालिकामा औषधि पठाइसकेको र अन्य पालिकामा पनि औषधि पठाउने तयारी भइरहेको डा.गरौले जानकारी दिए ।

यसैगरी खत्याड गाउँपालिकमा औषधिकोे अभाव भएको छ । सामान्य औषधि भए पनि माहामारी फैलिएको समयमा त्यसको रोकथाम गर्नका लागि औषधिको अभाव छ । ‘जिल्लाबाट औषधि आउँदै छ भन्ने मात्र सुनेका छौँ तर खत्याड गाउँपालिकामा औषधिको अभाव छ’, रातापानी प्राथमिक स्यास्थ्य केन्द्र मुगुका अहेब गगन नेपालीले भने । छिमेकी जिल्लामा भाइरलको प्रकोप फैलिएको छ ।

मुगुमा भाइरल नफैलिएला भन्न सकिँदैन त्यसका लागि आपूmहरूले उच्च सतर्कता अपनाएका छौँ । पूर्वतयारी पनि गरिरहेका छाँै । तर, औषधि अभावले गर्दा काम गर्न असहज हुने नेपालकोे भनाइ छ । अहिले सामान्य रुघाखोकीका बिरामी आउने गरेका भए पनि त्यस्तो समस्या छैन । अझैपनि प्रकोप फैलिहालेमा प्रकोप क्षेत्रमा क्लिनिक सञ्चालन गरी उपचार गर्ने पूर्वतयारी भइरहेको अहेब नेपालीले जानकारी दिए ।

प्रतिक्रिया