प्राथमिक तहका सबै विद्यार्थीलाई दिवाखाजा

काठमाडौं । सरकारले देशभरका सामुदायिक विद्यालयको प्राथमिक तहमा भर्ना भएका सबै विद्यार्थीले मावि तह पुरा गर्ने सुनिश्चिता कायम गर्न छात्रबृति दिवा खाजा विद्यार्थी मैत्री पाठ्यक्रम ब्यवस्था गर्ने योजना बनाएको छ । राष्ट्रपति विद्यादेवि भन्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी बर्षको सरकारको नीति तथा कार्यक्रम मार्फत् उक्त योजना सार्वजनिक गरेकी हुन ।

यस्तै, सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निशुल्क उपलब्ध गराउँने योजना प्रस्तुत गरेको छ । प्राविधिक तथा ब्यवसायिक शिक्षाको विस्तार समृद्ध नेपाल निर्माणको आधार कार्यक्रम अन्र्तगत सबै स्थानीय तहमा २ बर्ष भित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने योजना ल्याएको छ । यस्तै देशभरका सबै सामुदायिक माविमा प्रयोगशाला स्थापना गर्ने सरकारको योजना छ ।

मदन भण्डारी प्रादेशिक विश्वविद्यालयको पूर्व घोषित कार्यक्रमलाई निरन्तरता दिने, प्राविधिक सीपमूलक शिक्षाबाट जनशक्ति तयार गर्ने योजना अगाडि बढाइएको छ । साथै, पानी जहाज रेल यातायात जस्ता क्षेत्रमा आवश्यक दक्ष जनशक्ति विकास गर्न स्वदेश तथा विदेशमा अध्ययन गराउँने सरकारको योजना छ ।

प्राविधिक शिक्षामा नेपालको मौलिक कला संस्कृती र ज्ञानको विकास र प्रवर्धन गर्न जनशक्ति तयार गर्ने, असल सृजनशील जनशक्तिका लागि विज्ञान प्रविधि र अनुसान्धानमा लगानी बृद्धि गर्ने सरकारको योजना छ ।

२०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सवलिकरण दशकका रुपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने कार्यक्रम ल्याइएको छ । विद्यार्थीलाई सार्वजनिक तथा निजी संस्था एवं प्रतिष्ठानहरुको कार्यस्थलमा इनटर्न गराईने, अघिल्लो शैक्षिक बषएमा शुरु विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिई २ बर्ष भित्र विद्यालय जाने सबैलाई विद्यालय भर्ना गर्ने सरकारको योजना छ ।

विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चिचतााका लागि सामुदायिक विद्यालयका शिक्षकलाई नियमित तालिम प्रदान गर्नुका साथै शैक्षिक सामग्रीको उत्पादन र वितरणमा जोड दिईने सरकारको योजना छ ।

आगामी दुई बर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्टिकृत विश्वविद्यालयका रुपमा आगामी २ बर्ष भित्र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा ल्याईने सरकारको योजना छ ।

‘चिनौं आफ्नो माटो, बनाउँ आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातक युवाहरुलाई फेलोसिपसहित मुलुक भर परिचालन गर्ने सरकारले योजना सार्वजनिक गरेको छ । भण्डारीले उद्यमशीलता मर्यादा र अनुशासनमा आधारित सामाजिक सांस्कृतिक मूल्यहरुको प्रवद्र्धनमा योगदान गर्ने शैक्षिक प्रणाली विकास गरिने उल्लेख गरेकी छिन ।

साथै, युवाहरुको क्षमता पहिचान गर्ने कार्यक्रम सञ्चालन गर्ने र विज्ञानका क्षेत्रमा नेपालीको आविष्कार प्रचार गर्न युवा बैज्ञानिक सम्मेलन गर्ने पनि योजना सरकारले बनाएको छ । चालु बर्षमा विद्यालय बाहिर रहेका बालबालिका मध्ये ८१ प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गरिएको बताउँदै देशभरका ४ सय ५७ स्थानीय तहमा कम्तिमा एक प्राविधिक विद्यालय स्थापना भएको राष्ट्रपतिले उल्लेख गरिन् ।

प्रतिक्रिया