चिनका राष्ट्रपति सी चिनफिङ र प्रथम महिला इ पेङ लियाउनसँग भेटपछि समुहिक फोटो खचिाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी
बेइजिङ । चिनका राष्ट्रपति सी चिनफिङले ‘समृद्धि नेपाल सुखी नेपाली’ को अभियानमा सहयोग निरन्तर रहने बताएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बीआरआई दोस्रो शिखर सम्मेलनको समापनका क्रममा बेइजिङमा भएको सक्षिप्त कुराकानीमा उनले चिनियाँ सहयोगलाई अझै बिस्तार गरिने बताएका हुन् ।
राष्ट्रपति सि ले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल बनाउन चिनले सक्दो सहयोग गर्ने बचनपनि दिएका छन् । राष्ट्रपति भण्डारीसँगै रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार सि ले नेपालको अभियानमा चिनले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
नेपाल र चिनविचको सिमालाई अझै खुल्ला रूपमा लैजान सकिने आशय सिले व्यक्त गरेका थिए । उनले नेपाललाई ल्याण्ड लकबाट ल्यान्ड लिंकमा परिवर्तन गर्न चिनले हरेक प्रकारका सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ‘ट्रान्स हिमालयन मल्टी–डायमेस्नल कनेक्टिविटी नेटवर्क’ले नेपाल ल्यान्ड लकबाट ल्यान्ड लिकमा लैजाने कदममा सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
यसैगरी राष्ट्रपति सि ले पछिल्लो समय जलबायु परिवर्तनको असरले विशेष गरी सगरमाथा क्षेत्रमा पारेको प्रभावका बारेमा पनि गम्भिर चासो व्यक्त गरेका छन् । नेपालले हरेक अन्तराष्ट्रिय सम्मेलनमा जलबायु परिवर्तनले पार्ने गरेको असरका विषयमा आवाज समेत उठाउदै आएको छ । यद्यपी राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सि बीच सोमबार मात्र औपचारिक छलफल हुने कार्यक्रम रहेको छ ।
यसैबीच, ‘अन्र्तराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ विकास नीति सहकार्य तथा आधारभूत सञ्जाल सबलीकरण गर्ने, दिगो विकास प्रवद्र्धन गर्ने, व्यवहारिक सहयोग बलियो बनाउने, जनताबीच आदानप्रदान अगाडि बढाउने र अघि बढ्ने मार्गसहितको ३८ बुँदे संयुक्त विज्ञप्ति प्रकाशन गर्दै शनिबार सम्पन्न भएको छ ।
सम्मेलनको अन्त्यमा चिनियाँ राष्ट्रपति सी ले अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा जुटेका सहमतिबारे पत्रकारलाई जानकारी दिएका थिए । सम्मेलनमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसहित ३८ सरकार तथा राष्ट्रप्रमुखले भाग लिएका थिए भने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेज तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापन निर्देशक क्रिस्टिन लेगार्ड पनि सहभागी थिए ।
‘उज्ज्वल साझेदारीयुक्त भविष्यका लागि क्षेत्र तथा मार्ग सहयोग’ मुख्य विषय रहेको यस मञ्चमा राष्ट्रपति भण्डारीले पनि उच्चस्तरीय बैठक तथा गोलमेच बैठकमा सहभागी बैठकहरुलाई सम्बोधन गरेकी थिइन् । मञ्चमा वृद्धिका नयाँ स्रोत खोजी गर्न सञ्जालको सबलीकरण, संयुक्त राष्ट्र संघको २०३० को एजेन्डा कार्यान्वयन गर्न पर्यावरण प्रवद्र्धन तथा दिगो विकास तथा सहभागितामूलक नीति सबलीकरण तथा नजिकको साझेदारी विकासका विषयमा गोलमेच बैठक आयोजना गरिएको थियो । गोलमेच बैठकमा चिनियाँ राष्ट्रपति चिनफिङ आफैँले अध्यक्षता गरेका थिए । यस भेलामा व्यापारिक प्रमुख कार्यकारी अधिकारीको सम्मेलनसमेत आयोजना भएको थियो ।
प्रतिक्रिया