तारा एयरको विमान रामेछापमा दुर्घटना

काठमाडौँ । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा आज दुर्घटना भएको छ । तर, उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

सोलुबाट मन्थली गएको विमान आज बिहान करिब ९ बजेको समय अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको थियो । 9N-AKK कल साइनको विमानमा १४ यात्रु सवार रहेको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

दुर्घटना भएपश्चात अहिले त्यहाँको उडान अवरुद्ध भएको छ । विमान रनवेको छेउमा रहेको कारण उडान बन्द गरिएको हो ।

प्रतिक्रिया