नदेखिएको जात बन्ने

काठमाडौं । नेपाली समाजमा विद्यमान सामाजिक विभेदका विरुद्ध चलचित्र बन्ने भएको छ । वेदप्रसाद भुर्तेलले निर्देशन गर्ने नेपाली समाजको यथार्थ कथा समेटिएको चलचित्र ‘नदेखिएको जात’ निर्माण हुने भएको हो । वैशाखको अन्तिम साताबाट छायांकनमा जाने तयारी भइरहेको यो चलचित्र नेपालमा मात्रै नभएर विदेशमा समेत छायांकन गरिँदै छ ।

हालै चलचित्रको गीत रेकर्डिङको काम सकिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको यस चलचित्रमा गायक प्रमोद खरेल, गायिका अन्जु पन्त, नवराज थापा र प्रनिशा अधिकारीको आवाज रहनेछ । विशेषगरी, दलितमाथिको विभेद र सामाजिक अन्यायका विरुद्ध आवाज उठाउने गरी चलचित्र बन्न लागेको निर्देशक भुर्तेलले बताए ।

प्रतिक्रिया