काठमाडौं । ‘नर्भिक इन्टरनेसनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । अस्पताल स्थापनाको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवामा आधुनिक प्रविधि उपयोगका साथै सर्वसाधरणको पहुँचमा सेवा पु¥याउन प्रतिबद्ध भएको जनाएको हो ।
विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमितजस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच अभिवृद्धि गरेको जिकिर गरेको छ । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिक प्रत्येक नेपालीले आफ्नै अस्पतालजस्तो अनुभूति गर्न पाउने उल्लेख गरे ।
‘१० वर्ष अघिको नर्भिक ५० देखि ६० जना उच्च घरानियाँको मात्र पहुँचमा रहेको जस्तोे थियो तर अहिले धेरै संख्यामा मध्यम र तल्लो वर्गका बिरामी पनि यहाँ आउने गरेका छन्, यो हाम्रो सफलता हो । उनले भने, ‘साधारणदेखि जटिल रोगको उपचार तल्लो वा कमजोर वर्गदेखि ठूलो तहका व्यक्तिलाई समेत समान सेवा दिने हैसियत बनाएका छौँ ।’
निजी क्षेत्रको अग्रणी अस्पतालको रूपमा जिकिर गर्दै आएको नर्भिकले केही जटिल अवस्थाका बाहेक सबै रोगको उपचार सहज रूपमा गर्दै आएको छ । २५ वर्षअघि २५ श्ययामा करिब ५० चिकित्सक र कर्मचारीबाट सेवा सुरु गरेको नर्भिक हाल १ सय ५० श्ययामा विस्तार गरेको र चिकित्सक र कर्मचारी गरी ९ सयभन्दा बढीले सेवा दिइरहेको जनाएको छ ।
करिब दुई अर्बको लगानीमा नर्भिक परिसरमै २ सय ५० श्ययाको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको र उक्त कार्य आगामी तीन वर्षभित्र सम्पन्न गरिने अस्पतलाले जनाइएको छ । अस्पतालका अध्यक्ष वसन्त चौधरीले अन्तर्राष्ट्रियस्तरको विश्वसनीय सेवा पु¥याउन आफूहरू प्रतिबद्धताका साथ लागि परेको जानकारी दिए । केही जटिल रोगबाहेक अन्य रोगको उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।
अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्तिले नै नर्भिकलाई अग्रणी विश्वास दिलाएको भन्दै चौधरीले भने, ‘हाम्रो देशका लागि गौरवको कुरा हो, तर सानो रोगका लागि पनि विदेश जाने मोहले दक्ष चिकित्सकको मनोबल गिराउने काम भएको छ, यसले हामीलाई निकै चिन्तित तुल्याएको छ ।’ अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले प्रविधिको दायरा बढाउँदै चिकित्सकीय सेवालाई थप गुणस्तरीय बनाउन लागिपरेको बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. यादवकुमार देव भट्ट, अर्थोपेडिक प्रमुख डा. प्रवीन नेपाल, वरिष्ठ चिकित्सक प्राडा. रमेशकुमार चोखानी, स्त्रीरोग विभागकी प्राडा. अचला वैद्यलगायतले आधुनिक उपकरणयुक्त विशिष्टीकृत सेवा प्रदान गर्न लागिपरेको जानकारी दिए । उक्त अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया