बालुवाटारबाट विवेकशील दलका नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौँ । बालुवाटारमा भूमाफियाले व्यक्तिको नाउँमा दर्ता गराएको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील दलका नेता तथा कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास अगाडिबाट प्रदर्शन गर्ने क्रममा विवेकशीलका करिब डेढ दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् । उनिहरूले कम्युनिष्ट भन्नेहरु नै कमाउनिष्ट धन्दामा लागेको आरोप लगाउँदै सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका थिए ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवास भित्रैको जग्गा भूमाफिया र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको तथ्य सार्वजनिक लगत्तै बिरोध प्रदर्शन भएको छ ।

प्रतिक्रिया