किराँत समुदायमा मार्चा

किराँत सभ्यता हो । इतिहास हो । सृष्टिको आदिमकाल हो । यसमा कसैले दुईमत पालिरहनुपर्ने कुनै जरुरी छैन । यी कुराहरूको बारेमा किराँती संस्कार र संस्कृतिले पुष्टि पार्छ । इतिहाँसको तथ्यहरू लेख्यरूपमा उति सारो नपाइए पनि प्रयोग र प्रचलनमा रहेका संस्कारहरूलाई हेर्दा विस्वास गर्न लायक छ । किराँतीहरूमा विभिन्न थरगत विविधता छ । यद्यपि, यी सबै किराँतहरूले मान्दै आएका प्रचलनहरू समान छन् । मृत्युमा होस या जन्ममा यानेकी सुखमा होस या दुखमा । कुनै शास्त्रमा अनुबन्धित नियम तथा कानुन नभए पनि पहिलेदेखि चलिआएका रीति संस्कारमा अन्य समुदाय जस्तै किराँत समुदाय पनि सम्पन्नशाली रहेको छ । परम्परालाई रुढीवाद देख्ने नजरका कारण केही त्यस्ता गम्भीर गलतहरू भने अवस्य भइरहेका छन् । प्रयोगलाई दुरूपयोग गरेकै कारण यसलाई रुढीवाद हो । समाजलाई अनावश्यक हो भन्ने तर्क अगाडि सार्ने गरिएको छ । मर्चाको उत्पादन लाई एकापक्ष यो खत्तम हो भनिरहनु र अर्कोपक्षले यो सबैभन्दा उत्तम हो भनिरहनु भन्दा पनि यो संँग जोडिएका केही वैज्ञानीक कारणहरू सहित तर्क गर्दा सान्दर्भिक हुन जान्छ ।

जस्तो की किराँत समुदायले प्रयोग गर्ने मर्चा (जाँड पकाउने औषधि) का विषयमा कुरा गरौँ । खाद्यन्न अर्थात् अन्नलाई उसिनेर मर्चा मोलेर राख्दा जाँड बन्छ । जाँडलाई उमालेर बनेको वाफ चिस्याउँदा रक्सि बन्छ । रक्सि खाँदा मान्छेलाई मात लाग्छ । मात लागेपछि अस्वस्था के हुन्छ ? त्यसैले यो खराब हो । साधारणतः आममान्छेले बुझ्ने बुझाउने कुरा यहि हो । तर यी सबै प्रक्रियाको सुरुवात गर्ने औषधि मर्चा के हो ? प्रश्न उठाइएको पाइदैन । मर्चा किराँती अनुसन्धानको औषधि हो । मुन्धुममा समावेश गरिएको पवित्र जल हो । जसरी हिन्दू धर्ममा सुनपानी तथा गहुँत पानीलाई पवित्र तथा शुद्ध बनाउने जलका रूपमा लिईन्छ । त्यस्तै मुन्धुम धर्ममा मर्चा प्रयोग गरेर बनाइएको रक्सिलाई पवित्र जलका रूपमा लिईन्छ । जन्मपछिको न्वरानमा बच्चालाई यहि पवित्र जल खुवाएर शुद्ध पारिन्छ ।

मृत्युपछि आत्म शान्तिका लागि पितृपुर्खाको साथमा जानलागि यहि रक्सी र जाँड मुखमा राखिन्छ । समाधिस्त गरिएको ठाउँमा पु¥याइन्छ । यो मौलिक संस्कार हो आदिम संस्कृति हो । मानिसका स्वास्थ्यका लागि औषधि हुने कि विष हुने यो प्रयोगका आधारमा हुने गर्छ । वैज्ञानिक अनुसन्धानले समेत सबै औषधिहरू प्रयोग गर्ने मात्राका आधारमा मात्र औषधि हुन् । मर्चा अर्थात् जाँडरक्सी सामाजिक हिसाबले यो आत्मीयता जगाउने एउता पदार्थ हो । मौलिक संस्कृतिको एउटा तत्व हो । किराँती सनातन संस्कृतिको नमुना र अभ्यासबाट निर्मित महत्वपूर्ण उपलब्धि हो ।

सामान्यतया मर्चा बनाउन केही जडिबुटीको प्रयोग हुन्छ । भिर पाखामा पाइने जडिबुटीको धुलो र कोदो या चामलको पिठोमा मोलेर आवश्यक विधि र प्रक्रिया पुरा गरेपछि मर्चा बन्दछ । तर एउटा रमाईलो पक्ष त के छ भने मर्चा बनाउनका लागि माउ मर्चा अनिवार्य रहन्छ । अर्थात् वंश चाहिन्छ । जस्तो अहिले हामी जन्मनुमा बुवा आमा, बुवा आमा जन्मनु बाजे बजु, बाजे बजु जन्मनु उहाँको वुवा आमा जस्ता लामो प्रक्रिया रहेका छन् । यस्तै मर्चा बनाउने कुरामा समेत यहि प्रक्रिया रहन्छ । अरू सामग्री बनाएजस्तो तत्काल सुरुवात भएको छैन यसको सिप । यो सिप किराँत कालिन सभ्यताबाट विकास हुँदै आएको छ । मर्चा बनाउने खोटाङ माक्पाका वृद्धा जितालक्षी राईले भने जस्तै यो बाजेको बाजे, बाजेको बाजे, बाजेको बाजे र बाजेहरूको पनि बाजेको पालामा बनेको हो । हाल जसले मर्चा बनाउँछन् उनीहरूले सबै कच्चा पदार्थ तयार पारेपछि त्यसमा थोरै माउ मर्चा हाल्नै पर्छ । किन भने नत्र कुहुन्छ । त्यो खान लायक बन्दैन ।

सामाजिक हिसाबले भने मर्चाको प्रयोगबाट बनेको उत्पादनलाई राम्रो मानिदैन अहिले । तर यसको प्रयोग व्यापक रहेको छ । मादक पदार्थको उपमा दिएर यसलाई प्रतिवन्ध गर्ने प्रयासहरू भइरहेका छन् । तर, यी सब प्रयोगकर्तामा भर पर्ने कुरा न हुन् । किराँत समुदायले मर्चाको प्रयोग बेगर कसरी आफ्नो संस्कृति धान्न सक्छ । शुद्ध हुन सुनपानीको सट्टा नुनपानी प्रयोग गर्न मिल्छ । पञ्चामृत भनेर पानीमा चिनि घोलेको होला ? त्यस्तै, शास्त्रीय हिसावमा किराँत समुदायमा मर्चाको छुट्टै किसिमको महत्व रहेको छ । प्रयोगकर्ताले यसलाई दुरुपयोग गर्ने भन्दा बढी संस्कारमा सदुपयोग गर्नुपर्दछ ।
मान्छे जन्मँदा औँलामा चुसाएर होस या मृत्युपछि मुखमा चुहाएर होस । यसको प्रयोग किराँती जीवनमा परम्परागत मौलिक संस्कारको रूपमा रहेको छ । यति मात्र होइन बाहिर प्रकृतिको पूजा गर्दा होस या घरभित्र पितृपुजा गर्दा होस यो अत्यन्त आवश्यक छ । कन्यादान दिँदा होस या लिँदा होस यो नभई हुँदैन । चूलामा पूजा गर्दा होस या बारीमा पुजा गर्दा होस यसको आवश्यकता पर्दछ । अझ रमाइलो त सामाजिक हिसाबमा केही तलमाथी विखुचो कसैले गरेछ भने शिर उभ्याने कुरा या माफी मिनाहा माग्ने कुरामा समेत मर्चा अर्थात् यसबाट निर्मित रक्सीको प्रयोग हुने गर्दछ ।

तर, यसको अधिक सेवनका कारण केही तलमाथि नभएका पनि होइनन् । पहिले पहिले किराँत तथा आदीवासी मतुवाली समुदायले बाहेक अरुले यसको प्रयोग गर्दैन थिए । बाहुन क्षेत्री समुदायका लागि यो बर्जित नै थियो । विस्तारै यसको प्रयोग मतुवालीमा भन्दा तागाधारीमा बढेको छ । रक्सी खाएर अल्कोहिलक भएर बिरामी भएकाहरू पनि प्राय मतुवाली इतरकै मानीसहरू भेटिएका छन् । यो किन हुन्छ । यसको वैज्ञानिक आधार त नहोला तर तर्क गर्न सकिन्छ । तागाधारीहरूको जिनमा मर्चाको कुनै प्रवेश नै छैन । उनीहरूको शरिरले यसलाई पचाउने क्षमता नै राम्रो विकास गरेको छैन । कारण हुन सक्छ ।

राज्यले अहिले यसलाई निरुत्साहित गराउने योजना ल्याएको छ । गाउँगाउँमा उत्पादन हुने घरेलु मदिराको नाम दिएर यसलाई नष्ट गर्ने, पोखाउने काममा राज्य लागेको छ । यो एकदमै निन्दनीय छ । हामी समृद्धिको कुरा गछौंँ । समृद्धिको कुरामा स्वदेशी उत्पादनलाई निरुत्साहीत गर्ने विदेशी उत्पादनलाई प्रोत्साहित गरिरहेका छौँ । यसले कसरी समृद्धि आउँछ । घरेलु मदिरा उत्पादन गरेर यसलाई बिक्रीवितरण गरेर जिविको पार्जन गर्नेहरू नेपालमा निकै छन् । प्रत्येक गाउँमा मदिरा बन्छन् । स्थानीय मर्चाको प्रयोबाट बनेको मदिरा प्रत्येक गाउँदेखि सहरहरूमा खपत हुन्छ । तर, राज्य यसलाई नियन्त्रण गर्छ । गरिब गाँस खोस्न उद्धत हुन्छ ।

यसको विकल्पमा यसलाई नियमन गरे हुँदैन । यसलाई आंशिक करको दायरामा ल्याएर उत्पादन गर्न लगाउने । गुणस्तर मापन गर्ने र विक्रि वितरणका नियमहरू बनाएर व्यवस्थित बनाउँदा राज्यलाई के घाटा हुन्छ र ? सबैलाई जानकारी नै छ । हाम्रो मुलुकमा मात्र होइन जुनसुकै मुलुकमा समेत मदिराको प्रयोग भएकै हुन्छन् । जति ठूला मान्छे भन्नेहरूले समेत यसको उपभोग गरेकै छन् । सभ्रान्त परिवारको किचन या बैठक कोठामा विभिन्न नामधारी रक्सि र जाँड खाने र खुवाउने काम भएकै छन् । ठूला तारे होटलदेखि छाप्रे होटलसम्म आयातित र केमिकल युक्त रक्सी बिक्री वितरण भइरहेको छ ।

त्यो पनि कानुनीरूपमा वैधता दिइएर नै । मदिरा हानीकारक र बन्द गर्ने हो भने विदेशी ब्रान्डका रक्सी र वाइनहरू किन भित्र्याउन दिने । बिक्री गर्ने लाइसेन्स लिएकै आधारमा विष बेच्न पाइन्छ र ? हुस्की, ब्रान्डी, भोडका, वाइन, वियर आदी जे जस्तो नामका भए पनि त्यसको काम मात्ने नै हो नी हैन र ? हामीले आफ्नै घरमा बनाएको कोदो, मकैको जाँड खाँदा गैरकानुनी हुने विदेशबाट आएको वियर खाँदा कानुनी हुने हुन्छ र ? हामीले हाम्रै आमाले आफ्नै हातबाट बनाएको रक्सी खाँदा अवैध हुने तर विदेशबाट आएको रेडलेवल ब्ल्याक लेबल खाँदा वैध हुने । अझै शान बढ्ने भन्ने पनि कहिँ हुन्छ । आख्यानकार तथा साहित्यकार मदन पुरस्कार विजेता राजन मुकारुङ ले भने जस्तै :रेला गर्नुहुन्छ !

प्रतिक्रिया