केटी जिस्क्याउनु यौनहिंसा कि विशिष्ट युवा संस्कृति ?

पछिल्लाो समयमा केटी जिस्क्याउनुलाई महिलाविरुद्धको अपराध मानिदैँ विभिन्न कानुनहरू बनेका छन् । युवतीलाई जिस्क्याइने डरमा विकसित राष्ट्रहरूमा शौचालय, बसका सिट, ट्रेनका डब्बाहरू, चुरोट खाने कोठाहरू पनि अलगअलगरूपमा छुट्याइएका हुन्छन् ।

अझ जापान, कोरिया, युरोप र अमेरिकी देसहरूमा महिलालाई सिधा आँखाले हे¥यो भने मात्र त्यो दण्डनीय हुन पुग्छ । महिलाको इच्छाविपरीत उसलाई स्पर्श गर्न पुगियो भने पनि पुरुषले कडा कानुनको भागीदार बन्नुपर्छ । नेपालमा समेत सार्वजनिक स्थल, बसहरूमा आशातित दृष्टिले महिलालाई हेर्न वा छुन निषेध गरिएको छ । महिला अधिकारकर्मीहरूले यस्तो कार्यलाई पक्षपोषण गरी ठूलै जीतको रूपमा लिँदै आएका छन् ।

अफ्रिकामा आफ्नै दाजुभाइले समेत यौन हिंसा गर्दछन् । यसो गर्नुलाई सामान्यरूपमा हेरिन्छ । फिलिपिन्सलगायतका केही मुलुकमा भने विवाहित महिलालाई नै ४–५ वटासम्म पुरुष राख्न छुट दिइएको छ । पपुवा न्युगिनी लगायतका दक्षिणी टापुहरूमा पुरुषले चाहेमा अर्काकी श्रीमती जबर्जस्ती गरेर वा पैसा तिरेर ल्याउन सक्छ र इच्छा पूरा गरेपछि फर्काइदिन पाउँछ

तर, जति पुरुषलाई कडाइ गरिँदै छ, त्यति महिलाहरू स्वयं नै पुरुषलाई आफूप्रति उत्तेजित र आकर्षित हुन बाध्य पारिरहेका छन् । यतिसम्म आफूप्रति पुरुषलाई आकर्षण गर्न सहरमा करिब–करिब उनान्सय प्रतिशत नै नांङिगने होडवाजी नै चलेको छ । यसले पुरुषलाई नचाहँदानचाहँदै महिलाप्रति सम्मोहित बनाउँछ र पुरुष हिंसा गर्न बाध्य बन्दछ । यसैको परिणाम हो, दिनैपिच्छे सुनिने बलात्कारका घटनाहरू ।

एकातिर महिला अधिकारकर्मीहरू हिंसा भयो भनेर पुरुषविरुद्धको कानुनको पक्षपोषण गरिरहेका छन् भनेका अर्कोतिर उनकै छोराछोरीहरू, विशेषगरी आधुनिक युवतीहरू ‘किश मी, टच मी, सेक्स मी जस्ता ठाडा शब्दसंकेतमा सिधै लेखिएका पोसाक लगाएर, नांगिएर वा पुरुषसँग कुनै स्वार्थ लुकाएर मलाई जतिसक्ब्दो चाँडो हिंसा गर भनेर पुरुषलाई आकर्षित पनि गरिरहेका छन् । तर, हाम्रो कानुन तिनै अधिकारकर्मी महिलाका पक्षमा मात्र बोलिरहेको छ । पुरुषमाथिको मनोवैज्ञािनक असर, जुन प्राकृतिक नियम हो, त्यसको पक्षमा प्रशासन सचेत नै हुन सकेका छैन ।

विदेशतिर महिलालाई जिस्क्याइन्न, सीधै यौनको प्रस्ताव राखिन्छ । अरबतिर जिस्क्याइन्न तर पुरुषले महिलालाई जर्वजस्ती गर्छन् । उनीहरूलाई कम्तीमा चारवटी महिलासँग सम्बन्ध गाँसेर चाहेको बखतमा मन लागेको यौनहिंसा गर्न नीतिगत छूट नै दिएको हुन्छ । यी मुश्लिम देसहरूमा हेर्न वा जिस्क्याउन त पाइँदैन तर वैधानिकरूपमै हिंसा गर्न छुट छ । यस्तो वैधानिकताले महिलाहरूको इच्छा आकांक्षा र स्वाभिमानलाई जबर्जस्ती कुण्ठित गरेको मान्नुपर्दछ । अफ्रिकामा आफ्नै दाजुभाइले समेत यौन हिंसा गर्दछन् । यसो गर्नुलाई सामान्यरूपमा हेरिन्छ । फिलिपिन्सलगायतका केही मुलुकमा भने विवाहित महिलालाई नै ४–५ वटासम्म पुरुष राख्न छुट दिइएको छ ।

पपुवा न्युगिनीलगायतका दक्षिणी टापुहरूमा पुरुषले चाहेमा अर्काकी श्रीमती जबर्जस्ती गरेर वा पैसा तिरेर ल्याउन सक्छ र इच्छा पूरा गरेपछि फर्काइदिन पाउँछ । अझ रोमानिया, बुल्गेरियामा भने बजारबाटैै श्रीमती आवधिकरूपमा किनेर ल्याई फिर्ता दिन मिल्दछ । मध्ये अफ्रिकन केही देशहरूमा भने बाबुले वा आफ्नो दाजुभाइले चाहेमा आफ्नै वहिनी वा छोरीले यौनको लागि नाइनास्ती गर्न पाउदैनन् । त्यस विरुद्ध उजुरी गरेता पनि सामान्यरूपमा लिइ मेलमिलाप गराइन्छ ।

हाम्रो नेपालमा भने केही युरोतिर डुलघुम गरेका एकदुई महिला अधिकारर्मीका प्रभावमा युवतीलाई हेर्नु वा जिस्क्याउनुलाई मात्रै पनि अब हत्यासरहको अपराध मानिएको छ । तर, सोही कानुनलाई आजका आधुनिक युवतीहरू नै मान्न तयार छैनन् । उनीहरू जतिसक्दो मलाई हेरिदेओस्, मलाई बोलाईदेओस्, कसैले जिस्याइदेओस् र अफर गरोस् भने जस्तै गरी हाउभाउ गरेर हिँडछन् । नेपालकी चर्चित हिरोइन तथा मिस नेपाल सनी रौनियारले एक अन्तरर्वातामा ‘केटीलाई जिस्क्याउन पाउनुपर्छ, जिस्याइले उनीहरूबीचको सामिप्यता बढ्छ, महिलालाई पनि पुरुषप्रति खुल्न प्रेरित गर्दछ’ भनेकी थिइन् ।

अर्की नायिका मनिषा कोइरालाको पनि अन्तरर्वाताका क्रममा ‘मेरी छोरीले विवाहपूर्व नै यौनसम्बन्ध राखोस् भन्ने म चाहन्छु, जसले उसलाई शक्ति दिन्छ, यौनका बारेमा चेतना दिन्छ’ भनेर भनेकी थिइन् । नेपाल टेलिभिजनले पद्मकन्या क्याम्पसका विद्यार्थीसँग कुरा गर्दा उनीहरूले विवाह अघि वा पछि आफूलाई मन लागेको जोसुकै पुरुषसँग यौनसम्बन्ध राख्न पाउनुपर्दछ भनेर जवाफ दिएका थिए । यस्तै, सार्वजनिक मिडियाहरूमा बजिरहेका गीतसंगीतलाई हेर्ने हो भने युवायुवती एकअर्काप्रति आशक्त भएर एकअर्कालाई जिस्याएको भावका संगीतहरू बजिरहेका छन् । यसले जवान महिलाहरू यौनलाई बर्जित बनाउन हुन्न भन्ने पक्षमै देखाउँछ ।

नेपाल र भारतमा भने युवती जिस्क्याउने नाममा महिलामाथि ठूलाठूला जधन्य अपराध जस्तै हुँदै आएका छन् । विकसित भनिने राष्ट्रहरूमा यौनका मामलामा हत्यासम्म गरिएका प्रशस्त उदाहरण छन् । जति कानुनले बर्जित ग¥यो त्यति हिंसाका घट्नाहरू देखिएका छन् । कानुनको निर्माणले अधिकारकर्मीहरू, वकिलहरू र प्रहरीहरूलाई काम त दिएको छ तर समाधान भने दिनसकेको छैन । तसर्थ यसको समाधान भनेको महिलालाई हेर्न नहुने र जिस्क्याउनै नहुने भन्ने चै होइन रहेछ । तर, महिलामाथि उसको इच्छाविपरीत हिंसा गर्न भने हुदैन ।

महिलालाई हेर्नाले वा बोलाउनाले उसले आफूलाई सम्मानित भएको महसुस गर्छिन्, उसले आफूभित्रको सुन्दरताको आभाष महसुस गर्छिन् । महिलाले गहना लगाउनु राम्रो लुगा लगाउनु, सिंगारपटार गर्नु भनेकै कसैले हरिदेओस्, राम्रो भनिदेओस् गुणगान गाइदेओस् भन्ने हो । पछिल्लो समयमा यस्ता सिंगारपेटार, गरगहना र राम्रो लुगाफाटाको सट्टा नांगोभुतुंगो, ठुट्टेबुच्चे, भएर, भएका कपडालाई समेत च्यातेर, काटेर, अंग देखाएर र अझ सुन्दर अंगमा कालो ट्याटु लगाएर महिलाहरू नांगोरूपमा हिँड्डुल गर्छन् । यसो गर्नु भनेको एक किसिमले पुरुषलाई सम्मोहित पार्नैका लागि हो । पुरुषले हेरिदेओस्, तारिफ गरिदेओस् वा मन परेको पुरुषले अफर गरिदओस् भन्ने नै हो । त्यसले युवतीहरूलाई खुसी शक्ति प्रदान गरेको हुन्छ ।

केटीले केटालाई केटाले केटीलाई जिस्याउने, ऊसँग नजिक हुने र जीवन गाँस्नेसम्मको सम्बन्ध बढाउने संस्कार नेपाल र भारतीय समाजको पुरानो संस्कार हो । हाम्रा देवीदेवताका कथा पढ्ने वा उपन्यास ठूलाठूला साहित्यकारका कथा, कविता, उपन्यास र गजल, गीतहरूका भावमासमेत एकअर्कालाई जिस्याएकै भाव पाइन्छ । तर, त्यतिवेला जिस्क्याउनु, पछि लाग्नु र प्रस्ताव राख्नु पुण्य चलन थियो । केटा र केटीहरू एकअर्काप्रति आकर्षित हुन र सामिप्यता बढाउन् भनेर पहाडतिर एकराते बजार लाग्थ्यो, मधेसतिर रामलिला, कुमार बिर्जमान, कवाली आदिको एकराते नाचहरू हुने गर्दथे ।

डोटी अछामलगायतका सुदूरपश्चिम क्षेत्रमा युवायुवतीको प्रेमसम्बन्ध गाजियोस् भनेरै देवीदेवताका नाममा मेला लाग्ने गरेका छन् । यो हाम्रो विशिष्ट संस्कृति हो । आफ्नो इच्छा र प्रेमलाई वैवाहिक सम्बन्धमा जोड्नका लागि एकले अर्कोलाई जिस्याएर र बोलाएर नजिक हुने हो । यो परम्परादेखि चलिआएको चलन हो । तर, पछिल्लो समयमा जति कानुन बन्दैछ, त्यति यो संस्कृतिको रूपमा समेत परिवर्तन आएको छ । अहिले त्यो विशिष्ट संस्कृति बदनामी, जबर्जस्ती, हिंसा र हत्याको रूपमा परिणत भएको पाइन्छ ।

नत्र हाम्रो संस्कृति र विशिष्टतालाई नबुझी युवाको भावनाविपरीत नीति नियम र कानुन त बन्ला, विपरीतलिङ्गप्रति आकर्षण हुन नहुने गरी कुनै अधिकारकर्मीले वकालात गर्लान्, राज्य–प्रशासनले पनि त्यसलाई कढाई गर्ला तर युवा उमेर समूहले त्यसलाई तोड्न बाध्य भइरहन्छन् । जबकि यो प्राकृतिक नियम हो र एक उमेरमा जसमा पनि यो मनोवैज्ञानिक उत्तेजना रहरिहन्छ । कानुन बनाउने, बनाउन लगाउने र कडाइ गर्नेहरूमा समेत कुनै उमेरमा यस्तो मनोविज्ञानले वास गरेकै थियो । केही उपल्लास्तरका महिला अभियन्ताहरू रिसोर्ट र पाँच तारे होटलमा रक्सी खाएर पुरुषसँग उत्ताउलिएका प्रशस्त उदाहरूणहरू पनि छन् ।

यो पनि यौन मनोविज्ञानको प्रभाव नै हो । तर, जब तिनीहरू कार्यशालामा बस्छन्, पुरुषले महिलालाई हेर्दैमा आशक्त भयो कि वा हिंसा भयो, त्यसलाई दण्डनीय करार बनाउनु पर्दछ भनेर सवै महिलाहरू वकालत गर्दछन् । अनि सडकमा पुरुषविरुद्धका नाराहरू लिएर आधुनिक पिँढिका युवायुवतीलाई दिग्भ्रमित पारिरहेका छन् । तिनै महिला अधिकारकर्मी सार्वजनिकस्थलमा पुरुषले गर्ने व्यवहारलाई अपराध भन्दैछन् भने एकान्तमा वा लेनदेनमा भएको वा महिलाले चाहेर गरेको यौनजन्य कार्यलाई चै स्वागतयोग्य मान्दै आएका छन् ।

अतः युवा र युवतीले एकअर्कालाई हेर्नु, बोल्नु बोलाउनु, मनपराउनु, नजिक हुन खोज्नु वा कुनै संकेत दिनुलाई हिंसा, कानुनविपरीत हो भन्नु उपयुक्त हुन्न । यद्यपि, महिला वा पुरुषले विपरीत लिंगीमाथि अपमानजनक शब्दहरू बोल्छ भने वा उनीहरूको इच्छाविपरीत उचित अनुचित कार्य गर्छ भने सो चाहिँ अपराध हो । तसर्थ, युवा उमेरको प्रेम र यौनाकांक्षालाई कुण्ठ्याउने गरी कुनै पनि कानुन बन्नु र बनाउन उत्प्रेरित गर्नु उपयुक्त हुन्न । अतः जतिसुकै नियम कानुन बने पनि युवायुवतीबीचको विपरीत सम्मोहन कालान्तरसम्म रहिरह्न्छ । बरु जति कडाइ गरियो त्यसले उनीहरूमा छाडापना ल्याउँछ ।

प्रतिक्रिया