हाम्रो शिक्षा

चालु त्रिवर्षीय योजना ०७३-७६ ले शिक्षामा सबैको पहुँच र गुणस्तर अभिवृद्धि एवं सामाजिक रूपान्तर गर्ने सोच राखेको पाइन्छ । सबैलाई जीवन उपयोगी शिक्षामा अवसर जीवनपर्यन्त सिकाइउन्मुख नवप्रवर्तनशील शैक्षिक प्रणालीमा विकास गर्ने यसै योजनाको लक्ष्य छ

नेपालको संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत शिक्षाको पहुँच हुने बताएको छ । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने बताइएको छ । माध्यमिक तहसम्मको शिक्षा पनि निःशुल्क हुने कुरा संविधानको मौलिक हकमा उल्लेख छ । दृष्टिविहिन नागरिकलाई व्रेललिपि र वहिरा एवं स्वर वा बोलाइमा अपांग भएकालाई सांकेतिक भाषाबाट निःशुल्क शिक्षाको हक प्राप्त हुने पनि संविधानमा उल्लेख छ । मुलुकमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनअनुसार मातृभाषामा शिक्षा पाउने त्यसका लागि विद्यालय एवं शैक्षिक संस्था खोल्ने हक हुनेछ ।

चालु त्रिवर्षीय योजना ०७३-७६ ले शिक्षामा सबैको पहुँच र गुणस्तर अभिवृद्धि एवं सामाजिक रूपान्तर गर्ने सोच राखेको पाइन्छ । सबैलाई जीवन उपयोगी शिक्षामा अवसर जीवनपर्यन्त सिकाइउन्मुख नवप्रवर्तनशील शैक्षिक प्रणालीमा विकास गर्ने यसै योजनाको लक्ष्य छ । शिक्षामा समतामूलक अवसर शिक्षालाई सीपमूलक र गुणस्तरीय वनाउने वैकल्पिक उपायबाट सवै प्रकारको शिक्षालाई सीपमूलक तालिम तर्फ अग्रसर गराउने शैक्षिक प्रशासनमा निरन्तर सुधार गर्ने शिक्षाकै माध्यमबाट सुशासनलाइ संस्थागत गर्ने उद्देश्य राखेको देखिन्छ । सार्वजनिक र निजी तर्फबाट दिइने शिक्षा वीचको गुणस्तरमा अन्तर नहुने पनि योजनाले आफ्नो अधारणा वनाएको देखिन्छ ।

सरकारले यी योजनाका लक्ष्य हासिल गर्न चौधौँ चालु योजनाको कुल बजेटको ७ दशमलव ६ प्रतिशत अर्थात् ७२ अर्ब २६ करोड रकम विनियोजन गरेको छ । अघिल्लो तेह्राँै योजनामा सरकारले ५४ अर्ब ८१ करोड अर्थात् कुल रकमको ५५ प्रतिशत रकम शिक्षामा लगानी गरेको थियो । तेह्रौँ योजनाले परिकल्पना गरेको साक्षरता दर ९५ प्रतिशतमा जम्मा ८८ दशमलव ६ प्रतिशत प्राप्त भयो भने प्राथमिक तहमा भर्ना दर शतप्रतिशतको लक्ष्य ६ प्रतिशत मात्र हात लाग्यो ।

यसभन्दा अघिका योजनाहरूले पनि शिक्षामा धेरै लगानी गरेकै हुन् तथापि, आशातीत उपलब्धि हुन सकेन । शिक्षा महँगो हुँदै गएको, सरकारीभन्दा निजी क्षेत्रकै पठनपाठन तिर विद्यार्थी एवं अभिभावक आकर्षित भएका र बाध्य भएका, बर्सेनि विद्यार्थीहरू विदेसिएको क्रम हेर्दा शिक्षा क्षेत्रमा मुलुकको लगानी उपलब्धिमूलक हुन सकेको देखिँदैन । उत्पादित जनशक्तिले पनि रोजगारी पाउन सकेका छैनन् ।

हाम्रो शिक्षा नीति पाश्चात्य देशको अनुकरणमा जान लागेको छ । पूर्वीय शिक्षा पद्धतिलाई विस्तारै अनुशरण नगर्ने मनसाय देखिँदैछ । जव कि पूर्वीय शिक्षा दर्शनले मानिसलाई जीवन जीउन सिकाउँछ ( जीवनलाई जीवन्त वनाउँछ । राष्ट्र अनि समाजको हरेक अंगलाई माया गर्न सिकाउँछ । घर परिवारलाई स्वस्थ नैतिक चरित्रवान् बन्न प्रेरित गर्छ । हाम्रो पूर्वीय शिक्षा धर्म र संस्कृतिमा आधारित छ । हाम्रा पूर्खाले अरूलाई ज्ञानको भण्डारण नै वितरण गरेका छन् ।

असल शिक्षाको भण्डार हो यो मुलुक । विश्व साहित्यको स्रोत हो । सभ्यताको जननी हो नेपाल । युगौँ युग अघिको कलाले यही दर्शाइरहेको छ । वास्तवमै विश्व जति छ हाम्रो भूगोल भूगोलले बोकेको मौलिकवस्तु र चिन्तन यहाँ अथाह ज्ञानको भण्डार छ । देबताहरूकै तपस्थली छ । राजर्षी जनक वेदव्यास गौतम वुद्ध सारा वेद पुराणको अथाह स्रोत हो यो मुलुक । संस्कृतमा आधारित पूर्वीय विद्या छ यहाँ ज्योतिष, निरोगिताको स्रोत योगशास्त्र, उपचारको पद्धति आयुर्वेद भाषाको जननी मौलिक र दिव्य अनि वैदिक भाषा धर्मशास्त्रहरू दर्शन शास्त्रहरू मानवीय मूल्य मान्यता साँच्चीकै जीवन्त गराउने साहित्यको भण्डार क्षेत्र हो हाम्रो भूमि ।

साँच्चै पश्चिमाहरू थाकेका छन्् अहिले र उनीहरू पूर्वीय धर्म दर्शन, योग, आयुर्वेद, साहित्यप्रति रुचिकर बन्न लागेका छन्् । पूर्वीय ज्ञान अनि दर्शन र पूर्वीय संस्कृति वारे उनीहरू खोज र अनुसन्धान गर्दैछन् । विश्वकै लागि नेपाल एउटा सांस्कृतिक राजधानी र गन्तव्य मुलुक हुन सक्छ । लाखौ पर्यटकहरू हाम्रै ढुंगा, माटो, नदीनाला, हिमश्रृंखला, खानपान, रहनसहन, संस्कृति र सभ्यता अनि प्राचिन मूर्ति सम्पदा हेर्न त आउँछन् । यहाँ प्रयोगशाला, प्राज्ञिक क्षेत्र, वेद, पुराण संहिताहरू, भवन निर्माणको स्रोत वास्तुशास्त्र र यसको स्रोत अथर्ववेद जसबाट आर्थिक रूपान्तरण र दिगो विकास सम्भव छ । खोइ त्यसको अनुसन्धान र प्रयोग गरेको हामीले ।

सत्य त्रेता द्वापर तीनै युगमा नेपाल विश्वकै गुरु वनेको थियो ( हो यसको नाम फरक थियो । सत्ययुगमा नेपालको नाम सत्यपुर, त्रेतामा यसको नाम तपोवन, द्वापरमा यसको नाम मुक्तिपुर र कलियुग हालमा यसको नाम नेपाल रहन गएको हो । यसै युगमा पनि लिच्छवी एवं मल्ल कालसम्म हाम्रो आफ्नो विद्याले स्थान पाएको थियो धेरै राम्रो थियो त्यसवेलासम्म । हाम्रो पूर्वीय शिक्षाले चरित्र निर्माण गर्छ, मनोबल, आत्मबल र स्वाभिमान वढाउँछ । पछिल्लो समय पृथ्वीनारायण शाहले पनि शिक्षामा मौलिकता बारे दिव्य उपदेशमा उल्लेख गरेका थिए ।

केही दशक अघिसम्म पनि नैतिक र चरित्रवान बनाउने शिक्षा हम्रो कतिपय अंशहरूलाई शिक्षा सिलेबस राखिएको थियो । जसबाट बाबा आमाप्रति श्रद्धा, ठूलाप्रति आदर र सानाप्रतिको स्नेह थियो समाजमा । अहिले केवल मौद्रिक मूल्यमा विकेको छ । शिक्षामा नत नैतिकवान न इमान्दारीता छ आज । एनिहाउ पैसा कमाउ, त्यसैले अहिले जताततै छताछुल्ल रनभूल्ल । सामाजिक व्यवस्था अस्तव्यस्त भागदौड अनि सुशासनको नारा जति दिए पनि भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेर ढोकाढोकामा तुल ब्यानर राख्नुपर्ने अवस्था सिर्जना भएको छ । गुरुकूल शिक्षामा सत्यता, सदाचारी, इमान्दारीको असल र व्यवहारिक पक्षलाई अनुशरण गर्न सिकाइन्छ ।

अन्य पाठशाला विद्यालयहरूमा पनि व्यवहारिक ज्ञानलाई वढावा दिइन्छ । पूर्वीय शिक्षालाई अनुशरण गर्नेहरू २५ वर्षसम्म बिहे गर्दैनन् । जीवन अहिले जस्तो भड्किलो हुँदैन । अनावश्यक जीवन शैलीकै कारण त अहिले हिंसा, अपहरण, बलात्कार भएका हुन् । व्यक्ति व्यक्तिलाई सधैँ एउटा प्रहरी दिएर सम्भव हुन्न नि । मन मस्तिष्कै नै कस्तो भइरहेछ अहिले खाँदा खाँदै फेसबुक र मोबाइल हिँड्दा हिँड्दै फोन र मोबाइलमा आँखाका खुराक अश्लिल फोटाहरू उमेर नै नभई अन्धो प्रेम किशोर किशोरीहरूले यौनको अर्थ नबुझी यौनको अभ्यास मानौ जीवन पुरै उज्यालो होइन अन्धो भएको छ अहिले ।

बाह्र तेह्र वर्षको किशोरीले वच्चा जन्माएको अवस्था छ अहिले । पूर्वीय शिक्षाले कृषि उद्योगमा लगानी, वातावरण सुधार, माटो, पानी, हावा सबैतिरको पर्यावरणमा सुधार, फोहर गर्न नहुने, जल नदीनालामा दिसापिसाव विसर्जन गर्न नहुने पाप लाग्ने भन्ने कतै नैतिक शिक्षा थियो पहिले । केही दशक अघिसम्म हाम्रा नदीनालाहरू पिउन योग्य र नुहाउन योग्य थिए । शिक्षामा सरकारी लगानी बढ्दै गर्दा अहिलेका नदीनाला हेरौँ । घरघरमा बुढाबुढीको अवस्था हेरौँ अहिलेका युवा युवती श्रमप्रति मेहनतप्रति अरूचि भएका हेरौँ स्पष्ट भइहाल्छ ।

पूर्वीय शिक्षा वास्तवमा विद्या हो । विद्याले जिउन सिकाउँछ । जीवन्त बनाउँछ र मुक्ति पनि दिन्छ । विद्या त ज्ञान हो । ज्ञान पाइसकेपछि संसारमा बुझ्न बाँकी केही हुन्न । सबैभन्दा ठूलो धन कहीँ छ भने त्यो पूर्वीय विद्या नै छ, यसमा तन्त्र छ, मन्त्र पनि । मन्त्रशक्ति आजको यन्त्रशक्ति भन्दा पनि माथि छ । जीवन र ईश्वर बुझ्ने मूल माध्यम विद्या नै हो । सम्पूर्ण सृष्टिको पूर्ण ज्ञान यसैमा छ । विद्या प्राप्त गरेको व्यक्ति स्वयं अमर भइहाल्छ ।

यो लोक र परलोक पनि सुध्रिन्छ । भव बन्धनबाट छुट्टी दिने साधन विद्या नै हो यसलाई शास्त्र विद्या पनि भनिन्छ । शास्त्र विद्याले सत्कर्म सिकाउँछ । सत्कर्म गरेपछि फल पनि राम्रो मिल्छ । आज चित्कार छ, बेरोजगार छ , उन्माद छ, घमण्ड छ ,सबैतिर । सत्कर्मको अभावले समाज यस्तो भएको हो । चोरी, हिंसा, बलात्कार, छली के–के हुन् के–के । आज पढेकाहरूबाट सामाजिक विचलन धेरै छ । तर्कमा कुतर्क छ, वितर्क छ । मानौँ सुतेका निदाएकालाई उठाउन गाह्रो छ । एउटा संविधान बन्न कति वर्ष लाग्यो । अनि कति खर्च लाग्यो, यसको मूल कारण के हो । सबैले धेरै जानेर त हो । जानेजस्तो गरेर त हो ।

शिक्षाले भोग होइन योगको अर्थात् जोडको काम गर्नुपर्छ त्यो पूर्वीय विद्याबाट मात्र सम्भव छ । आज सबैलाई कैँची चलाएर टुक्रा पार्न आउँछ । तर, सियो चलाएर सिउन सबैलाई आउँदैन । अब मातृभूमिमा कैँची चलेको छ । उच्च नेता र नेतृत्वले त्याग र सेवाको कहाँ लिए त । राजनीतिक व्यापार होइन सेवा हो । पुराना व्यवस्थाका पदाधिकारीले पारिश्रमिक लिँदैनथे । त्यसैले त मालपोत दर जग्गा अभिलेखका लागि रु १ (तिरे पुग्थ्यो । चालीस सालसम्म धाराको मासिक महसुल जम्मा रु ५र बिजुलीको महसुल जम्मा रु १५र तिर्ने यहि पंक्तिकार हो । दुर्लभ मानव जन्म सितिमिति पाइँदैन । यसै मानव शरिरले केही गरेर देखाउने हो । राष्ट्रमा ठूलो पद कुर्सीहरू प्रशस्त थपिएका छन् । यसलाई पहिलेको बोनस भन्ठाने हो त, पुरुषार्थ देखाएर असल नियतले सेवा गर्नुपर्ने होइन र ।

हाल देखिएको सामाजिक विकृति विसंगति कहालिलाग्दो भ्रष्टाचार, जत्रतत्र शोषण, दमन, ,हिंसा, मुलुकप्रतिको बेवास्ता, मातृभूमिप्रतिको अनादर, जताततै अत्याचार र उच्छिृंखल भएको शिक्षा नीतिकै कारण हो । असल नागरिकको उत्पादन मुलुकले गर्नै सकेन । गलत र भोगी शिक्षा प्रणालीले जसरी पनि फेसन, दुव्र्यवहार, मोजमस्ती गर्न सिकायो ।

नैतिक सदाचारीको उत्पादन नै गर्न सकेन मुलुकले बिहान उठेर वेदको अमृत सन्देश शिशुलाई सिकाउने कि कोठाभरी रक्ताम्ये भएका जादुशैलीका सिनेमाका तस्बिरहरू देखाउने । केटाकेटीको कमलो मनमष्तिकमा बिहानैदेखि बाल्यअवस्थादेखि नै असल विधि व्यवहार सिकाउने कि तोते बोल्न सुरु नगर्दै अमेरिका लन्डन अस्ट्रेलिया जापान जाने केही नपाए खाडीतिर भासिने मनस्थिति तयार गर्ने, अनि खाना खाजामा दाल भात रोटीको सट्टा जंकफुड बोतलबन्दका खाना प्याकेजिङ चाउचाउ मात्र अनि ल्यापटप, मोबाइल बच्चैदेखि आवश्यक साधन पक्कै होइनन् यी ।

अध्यात्म शिक्षा आवश्यक शिक्षा हो आज को । अध्ययनलाई विज्ञान सम्मत कसरी बनाउने आत्मीय ज्ञानको माया प्रेम, समाजप्रतिको सकारात्मक दृष्टि, प्रकृतिप्रतिको मोह, रिस, तनाव, आवेगबाट मुक्ति स्वावलम्बन शिक्षा, जल, जमिन, जंगल, सदुपयोग मौलिक रीतिस्थिति आफैँले धान्न सक्ने अर्थ व्यवस्था विदेशीको भर नपर्ने आत्मनिर्भर बानीव्यहोरा स्वदेशी उद्योग कलकारखाना सनातन कृषि अर्थतन्त्रको पूर्ण उत्थान राष्ट्रिय आयमा वृद्धि सम्पूर्ण श्रमशक्ति मुलुकको हितमा प्रयोग हुने सही शान्त र यथार्थ जीवनयापनको शैली, दुर्लभ जडिबुटीको प्रयोगबाट निरोगिता प्राप्ति गर्नुपर्ने धेरै छन् हामीले मूलतः हाम्रो शिक्षा नीति नै सुधार गर्नुपर्छ अहिले ।

प्रतिक्रिया