काठमाडौं । राजपा नेपालले आज बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हेने बित्तिकै राजपा नेपालका सांसद्हरु उठेर विरोध जनाएपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।
मधेश तथा थरुहट आन्दोलनको बारेमा छानविनका लागि सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरीशचन्द्र लालको संयोजनमा उच्चस्तरीय आयोग गठन गरिएको थियो ।
आयोगले तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि राजपा नेपालका नेताहरुले बैठक अवरोध गरेका हुन् ।
प्रतिक्रिया