शिवम् सिमेन्टको तेस्रो चरणको लक्की ‘ड्र’ सम्पन्न

काठमाडौं । शिवम् सिमेन्टद्वारा ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजनाअन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेतामार्फत १ सय २० जना विजेताहरूको नाम लक्की ‘ड्र’ गरी सार्वजनिक गरेको छ । यस अघि नै पहिलो र दोस्रो चरणको लक्की ‘ड्र’ गरी २ सय ४० जना छनोटमा परिसकेका थिए । यस योजनाअन्तर्गत भाग्यशाली विजेताहरूले काठमाडौं–गोसाइकुण्ड–काठमाडौं हेलिकोप्टरमार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।

तेस्रो चरणको लक्की ‘ड्र’ अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरूको सहभागितामा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी जनकपुरबाट उक्त विजेताहरूको नाम सार्वजनिक गरिको थियो । यस अघि नै काठमाडौं र हेटौंडामा भएको लक्की ‘ड्र’ मा २ सय ४० जना भाग्यशाली विजेताहरू छनोट गरिनुका साथै अधिकांश विजेताहरूले हेलिकोप्टरमार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरी सकेका छन् । यस योजनामा हालसम्म १८० कुपन मार्फत ३६० जना छनौट भई सकेका छन् भने अझै १ सय २२ जनाका लागि हेलिकोप्टरबाट गोसाइकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया