टाटा ट्रस्ट तथा सिप्रदियन संस्थाद्वारा विद्यालय भवन हस्तान्तरण

काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा पुनर्निर्माण गरिएको शारदा उच्च माध्यमिक विद्यालयको भारतीय राजदूत महामहिम मन्जीवसिंह पुरीद्वारा उद्घाटन भयो । ‘नेपाल भूकम्प पुनव्र्यस्थापन परियोजना’ को एक अंगको रूपमा टाटा ट्रस्ट तथा सिप्रदियन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा निर्माण गरिएको शारदा उच्च माध्यमिक विद्यालयको सो भवन अत्याधुनिक भूकम्प निरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपांगमैत्री रहेको छ । गत अप्रिल २०१५ को भूकम्पद्वारा सो विद्यालयको कक्षाहरू, विज्ञान प्रयोगशाला तथा अन्य सेवाहरूसमेत विद्यालयमा अधिक क्षति पुग्न गएको थियो ।

सो विशेष कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसार मन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार श्री बिएस तारापोरवाला, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल, सिइओ राजनबाबु श्रेष्ठ, सिइओ राजेशप्रसाद गिरी तथा उपाध्यक्ष सौरभ थपलियाका साथै टाटा ट्रस्टकी क्षेत्रीय प्रमुख अमृता प्रवर्धन, वरिष्ठ क्षेत्रीय व्यवस्थापक धारानी रत्नो तथा नेपालका क्षेत्रीय व्यवस्थापक श्री ताम लाल पोखरेलको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो । साथै, उक्त हस्तान्तरण समारोहमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी सुपरीवेक्षक, डिएलपी आइयू प्रमुख, आर्मी प्रमुख, बाह्रबिसे नगरपालिका प्रमुख तथा वडा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरू, लिंगभेदी, अपांगमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरू उपलब्ध रहेका छन् । सो भवन पूर्ण रूपमा सुविधा तथा सामग्रीहरूले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपांगमैत्री प्रविधिसहित निर्माण गरिएको छ ।

टाटा ट्रस्ट विगत एक सय वर्षदेखि जीवन्त रहेको तथा भारतको सबैभन्दा पुरानो, गैर साम्प्रदायिक परोपकारी संस्थाहरू मध्येको एक संस्था हो । यसको स्थापनाकालदेखि नै टाटा ट्रस्टले परम्परागत परोपकारी सेवासम्बन्धी धारणालाई रूपान्तरित गरी प्रत्यक्ष रूपमा समुदायमा सेवा पु¥याउने खालको समाजसेवी कार्यको थालनी गर्न अग्रणी भूमिका खेलेको
छ ।

प्रतिक्रिया