‘काउली बुढी’ को आवाजमा ‘आँसुले मुख धुन्छु’

काठमाडौं । गायिका सन्ध्या बुढामगर र गायक पूर्ण विश्वकर्माको स्वर रहेको वियोगान्त गीत ‘आँसुले मुख धुन्छु मैले त’ को भिडियो सार्वजनिक भएको छ । प्रेमीका कारण आफूलाई निकै पीडा भएको कुरा गीतमा गरिएको छ । गीतमा आफूलाई बेवास्ता गर्दै पराई ठानेको विषयलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

प्रियसी म्युजिक प्रालिको प्रस्तुति रहेको गीतमा प्रेम रानामगरको शब्द तथा पूर्ण विश्वकर्माको लय सिर्जना रहेको छ । बविता श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका छन् । अविनास डिसीको सम्पादन रहेको गीतमा बुद्धवीर थापा र सारिका केसीको अभिनय छ ।

 

 

 

 

 

प्रतिक्रिया