महालक्ष्मी लाइफले आइतबारदेखि कारोबार सुरु गर्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले औपचारिक रूपमा आफ्नो कारोबार शुभारम्भ गर्ने भएको छ । नेपालको सबैभन्दा कान्छो तथा १९ औं जीवन बिमा कम्पनीको रुपमा संचालनमा आएको इन्स्योरेन्सले माघ आईतवार। देखि कारोबार सुचारु गर्न लागेको हो । कारोबारको शुभारम्भसँगै महालक्ष्मीले नेपालमै पहिलो पटक नौलो बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीले महालक्ष्मी डबल सावधिक जीवन बिमा, लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सावधिक बिमा गरी ३ वटा बिमा योजना ल्याएको छ ।

महालक्ष्मी डबल सर्वाधिक जीवन बिमा योजनामा बोनसको गणना गर्न नपर्ने, अवधि समाप्तिपछि बिमांकको दोब्बर रकम भुक्तानी हुने सुविधा रहेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले जानकारी दिए । महालक्ष्मीले ल्याएको तीनवटा योजना मध्ये महालक्ष्मी डबल बिमा योजना र लगानी फिर्ता बिमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको एकदमै नौलो बिमा योजना भएको सीईओ भट्टराईको दाबी छ । महालक्ष्मीले ल्याएको लगानी फिर्ता म्यादी बिमा योजनामा घटना भएका एकमुष्ट भुक्तानी हुनेछ भने अवधिभित्र घटना नभए जम्मा गरिएको रकम फिर्ता हुनेछ । त्यस्तै महालक्ष्मी सावधिक बिमा योजनामा सुरक्षा, बचत सुविधाका साथसाथै इन्स्योरेन्सको नाफा समेत सरिक हुन पाइने सुविधा रहेको इन्स्योरेन्सले जनाएको छ ।

महालक्ष्मीले बिमा समितिबाट १३ वटा शाखा कार्यालय संचालनको अनुमति लिएकोमा फागुनभित्र बाँकी बिर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने कम्पनीले जनाएको छ । त्यस्तै २०७६ असार भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाडौं उपत्यकाभित्र थप १० वटा समेत गरि कुल ३५ वटा शाखा कार्यालय संचालन गर्ने योजना रहेको जनाइएको छ । यसअवधिमा कम्पनीको चुक्ता पुंजी २ अर्ब छ । संस्थापकबाट १ अर्ब ४० करोड चुक्ता भैसकेको छ भने ६० करोड सर्वसाधारणको लागि छुट्याएको छ । कम्पनीको संचालक समितिको अध्यक्षमा मनोरंजन रमण शर्मा र संचालकहरूमा उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेस सापकोटा छन । कम्पनीले आगामी असार मसान्तसम्म ५ महिनामा करिब ५० करोड बिमाशुल्क संकलन गर्ने लक्ष्य लिएकोछ । त्यस्तै कम्पनीले २ बर्ष्भित्र १० वटा नयाँ बिमा कम्पनी मध्ये पहिलो हुने र आगामी ५ वर्षभित्र जीवन बिमा कम्पनीमध्ये उत्कृष्ट लक्ष्य राखेको सिइओ भट्टराईको भनाइ छ ।

प्रतिक्रिया