कहिले पाउँछौ आमाको नाममा नागरिता ?

काठमाडौंको बबरमहलमा रहेको आर्ट काउन्सिलमा सोमबार एउटा नाटक प्रस्तुत भयो । नाटक हेरिरहदाँ कतिका आँखा रसाय, कति स्तब्तजस्तै बने । उक्त नाटकमा एउटा गहिरो भावनात्क शन्देश थियो । एउटी आमाले आफ्नो सन्तानलाई नागरिता दिलाउन नसकेका कारण आत्म ग्लानी भएर आत्महत्या गरेको प्रतिकात्मक दृश्यले कस्को मन नछोला ? नाटक हेर्नेहरू सबै भावुक थिए, अझ भावुक थिए लामोसमयदेखि नागरिताका लागि दौडिदाँ दौडिदाँ थाकेकाहरू । उनीहरूका आखाँ रसाएका थिए । अनुहारमा आक्रोस थियो, केही आँखा पुच्दै थिए । आफूले भोडेको पीडा सम्झिएका थिए उनीहरूले ।

लामो समयदेखि आमाको नाममा पनि नागरिता पाउनु पर्छ भनेर वकालत गर्दै आएको महिला, कानुन तथा विकास मञ्चले आयोजना गरेको थियो उक्त कार्यक्रम । नाटकसँगै प्रदर्शनीमा ‘कोख मेरो सन्तान कस्को ?’ व्यानरमा नागरिकता विहिन व्यक्तिहरूसँग सम्बन्धित फोटो प्रदर्शनी भएको थियो । भित्तामा टाँसिएका ति फोटो मात्रै थिएन एक प्रकारको आक्रोश, पीडा र अनुनय विनय थियो । देशको नागरिक हौं भन्ने प्रमाण पत्र नपाएको समस्या र पीडाका शब्दहरू मिसिएका थिए ती फोटोमा ।

नाटकमा ०७१ को श्रावणमा भक्तपुरमा घटेको वास्तविक घटनालाई कथाका प्रस्तुत गरिएको थियो । नाटकमार्फत देशमा संघीयता आए पनि न्यायिक स्वतन्त्रता नभएको उजागर गरिएको थियो । उक्त नाटकमा वैदेशिक रोजगारिका कारण आफूले आफ्नो श्रीमानबाट जीवनभरको लागि टाढा हुँदाको पल, एउटी महिलाले आफन्त र समाजबाट भोगेको पीडा अनि एक अवोध सन्तानले साथी र समाज बाट पाएको तिरस्कारको वेदना, र आफ्नो छोराले बुवाको अनुपस्थिति तथा जन्मदर्ता नहुँदा नागरिकता नपाएको पीडालाई प्रस्तुत गरिएको थियो ।

नाटक प्रस्तुति पछि देशका विभिन्न स्थानका नागरिता विहिन व्यक्तिहरूको फोटो समेत प्रदर्शनी गरिएको थियो । फोटामा रहेका मान्छेका भनाइ अझै गम्भीर थिए । किन पाइएन नागरिता ? कतिले बाबुका कारण नपाएका कतिले श्रीमान वा परिवारका अन्य सदस्यका कारण नागरिता नपाएको भावना फोटोमा व्यक्ति गरेका थिए । नागरिता नभएका कारण उनीहरूले भोगेका समस्य कम थिएन ।

वर्तमान संविधानले आमाको नामबाट पनि छोरा छोरीले नागरिकता पाउने प्रावधान गरेता पनि त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन । नाटकको प्रस्तुतिमा कानुनी अधिकारको माग गर्दा जनप्रतिनिधिले नागरिकताको लागि सिफारिस नदिने र प्रशासनद्वारा नागरिकता वितरण नगर्ने गरेको भोगाइलाई अभिनयमार्फत प्रस्तुत गरिएको थियो । कतिलाई नागरिता नपाउनु सामान्य लाग्न सक्छ तर, त्यसैको कारण जीवनका कयौं काम रोकिएको र अपमानबोध भएर आत्महत्यासम्म गर्नुपरेको घटना सामान्य होइनन् । त्यो भोग्नेका लागि पीडा होला राज्यको अपमान पनि हो, आफ्नै देशका नागरिकले नागरिता बनाउन नपाउनु ।

केही वर्ष अघिसम्म आम मान्छेका लागि नागरिताको प्रमाणपत्र अनिवार्य आवश्यक थिएन । तर, अहिले आएर नागरिता हरेक मान्छेका लागि अनिवार्य बनेको छ । पाइलैपिच्छे नागरिताको आवश्यकता पर्छ मान्छेलाई । तर, नेपालमा अहिले ५४ लाख नागरिक नागरिताविहीन भएको बताउँछन् सम्बन्धित क्षेत्रमा काम गर्नेहरू । कतिले नचाहेर बनाएनन्, कतिले आवश्यकता नपरेर बनाएनन्, तर धेरैले भने कानुनी प्रक्रिया नपुगेका कारण नागरिता बनाउन नपाएको बताइन्छ । यसमध्ये कयौँले सयौंपटक प्रशासन र जनप्रतिनिधिलाई गुहारर्दा पनि बनाउन नसकेका कारण समस्या झेलिरहेका छन् ।

‘सानैमा बुबाआमा बित्नुभयो, उहाँहरूका नगरिता छैन र उहाँहरूलाई नागरिताको आवश्यकता परेन र बनाउनुभएन होला । हामी चारजना दिदीभाइ छौँ सबैको उमेर नागरिता बनाउने भएर पनि बनाउन पाएनौँ,’ चिवनन माडीकी सरिता राउतले भनिन् । उनलाई आफ्नो उमेर पनि ठ्याक्कै थाहा छैन । ‘त्यस्तै ३० वर्ष भए होला,’ अनुमान गरेर उनले उमेर बताइन् । उनका तीन वटा बच्चा छन् कसैको पनि जन्मदर्ता गर्न नपाएको उनले गुनासो गरिन् । ‘ठूलो बच्चा तीन कक्षामा पढ्छ, अब ८ कक्षामा पुगे पछि जन्मदर्ताको प्रमाणपत्र अनिवार्य चाहिने भनेको छ तर, कसरी बनाउने टुंगो छैन,’ उनले समस्या सुनाइन् ।

सरिताको बिहे भइसकेको छ । उनको श्रीमानसँग नागरिता छ । तर, उनीसँग भने नागरिता नभएका कारण उनले आफू केही काम गर्न नपाएको सुनाइन् । ‘सिलाइ कटाइ गरेर खाउँ, गाउँमा बनेका महिला समूहमा बसु, केही तालिम लिउँ वा केही गरूँ भन्यो जे गर्न पनि नागरिता नै चाहिने रे । नागरिता नभएका कारण केही काम गर्न पाइनँ,’ काखमा रहेका दूधेबालक मुसार्दै उनले भनिन् । उनीसँगै उनका अरु तीन भाइ बहिनीले पनि नागरिताको समस्या भोगिरहेका छन् । उनको साथमै रहेका भाइ सन्तोष चौधारीलाई पनि नागरिता नभएका कारण निकै समस्या परिरहेको छ । उनले पनि आफू समस्याका परेको सुनाए ।

पोखराका २८ वर्षीय सुरज हजरा दाहाल नागरिता नभएर लाइसेन्स बनाउन नपाएका कारण इलेक्ट्रिकल स्कुटर चलाउने बाध्य परेको बताउँछन् । उनले मोटर साइकल चलाउन जानेका छन् तर, लाइसेन्स नभएका कारण चलाउन पाँदैनन् । उनको समस्या पनि त्यही नागरिता हो । भारतीय मुलका उनका बुवाको उनी सानै छदाँ मृत्यु भयो । आमासँग भएको नागरिताको प्रमाणका भरमा प्रशासनले उनलाई नगरिता दिँदैन । स्नातक (ब्याचलर) गरेका उनी हाल निजी स्कुलमा अध्यापन गर्छन् । ‘सरकारी काम गर्न वा अरू कुनै पनि काम गर्न नागरिता चाहिन्छ शौक्षिक योग्यता वा क्षमता जे भए पनि सबै कुरा नागरितामा अडकिएको छ । त्यसैले जुन कामका लागि नागरिता खोजिँदैन त्यही काम गर्न बाध्य छु,’ उनले समस्या सुनाए ।

उनले आफ्नो थर हजारे दाहाल भन्छन् । त्यसको अर्थ लगाउँदै उनले भने, ‘हजारे मेरो बुवाको थर हो कसरी बिर्सिऊँ ? दाहाल आमाको त्यो पनि बिर्सन सक्दिन । म नेपाली महिलाको छोरा, मेरो आमासँग नेपाली नागरिक हो भन्ने प्रमाण छ तर, मैले नागरिता पाइनँ, नेपाली आमाको सन्तान भएका कारण मलाई वंंशजको आधारमा नागरिता दिइयोस भन्ने चाहान्छु’ उनले भने, देशको कानुन बनाउने कति मान्छे अंगिकृत छन् । नेपाली पुरुषले बिहे गरेर ल्याउने विदेशी महिलाले नागरिता पाउँछिन्, ऊबाट जन्मेको बच्चाले वंशजका आधारमा नागरिता पाउँछन्, हामीले किन नपाउने ? उनले प्रश्न गरे । मैले नागरिता नपाएको पीडा हजारौँपटक सुनाए मेरो कुरा सुनेर कयौँ भावुक भए । कयौँ कानुन आयो तर समस्या समाधान भएन !’

सुरजले नागरिताका लागि पहल गरेको लामो समय भइसक्यो । उनी आफ्नो समस्या सुनाउन र केही उपाय निकिलएला की भनेर दजैनौँपटक काठमाडौं आए । पोखरामा पनि उनका समस्या सुन्न नेतादेखि प्रशासन कसैले बाँकी राखेका छैनन् । तर, समस्या भने जहाँको त्यही छ ।

संसद्मा छलफलमा रहेको नागरिता विधेयकले आफूहरूले भोग्दै आएको समस्या टुंगो लगाओस् भन्ने चाहन्छन् उनी । ‘अहिले नागरिता विधेयक छलफलमा छ, योपटक हामीजस्ता नागरिता विहीनको समस्या समाधान गर्ने गरी टुंगो लगाइयोस् ।’ उनले भने ।

काठमाडौं गोदावरी बस्ने दिवाकर क्षेत्रीको समस्या पनि उस्तै छ । उनको बुबा उनी सानै छदाँ बिते । बुवाले आवश्यकता ठानेनन् वा चाहेनन् नागरिता बनाएनन् । उनको आमासँग नागरिता छ । तर, ४४ वर्षीय क्षेत्रीले भने अहिलेसम्म नागरिता बनाउन सकेका छैनन् । उनले नागरिता बनाउन पाएका छैनन् जस्का कारण उनले सयौं समस्या झेली रहनुपरेको छ । यो उमेरसम्म नागरिता बनाउन नसकेका उनको दुई छोरीले भने आमाको नामबाट नागरिता लिएको उनले सुनाए ।

नागरिता नभए पनि पाइने काम खोज्ने क्रममा उनी पनि निजी स्कुलमा पढाउँछन्, ‘अरू कामका लागि पहिला नागरिता चाहिन्छ मसँग त्यो छैन, कहिलेकाहिँ कार्टुन पनि बनाउँछु जे–जे काम गर्दा नागरिता तेस्र्याउन पर्दैन त्यही काम खोज्नुपर्छ ।’ उनले आफ्नो वास्तविकता बताए । उनले भने, म मजाले स्कुटर मोटर साइकल चलाउँछु, मसँग लाइसेन्स छैन, कहिलेकाहिँ चेकिङकमा पर्ने गरेको छु, सिधै भन्दिन्छु मसँग लाइसेन्स छैन । अनि नाम पनि अर्केै बताउँछु । पछि त्यसको बिलबुक लिएँ लाइसेन्स भएको साथी जान्छ वा केही गरी मिलाउने गरिएको छ ।’ नागरिता नभएका कारण आफूले भोग्ने गरेको समस्या उनले प्रष्ट्याए ।

सरकारले नागरिता विधेयक ल्याउँदै छ । त्यसमा संविधान संशोधन गरेर भए पनि आफूहरूलाई वंशजको आधारमा नागरिता दिनुपर्ने उनीहरूले माग गरे । उनीहरू प्रतिनिधि पात्र मात्रै हुन । त्यहाँ भेटिएका दुई दर्जन भन्दा धेरैले नागरिताका कारण यस्तै समस्या झेलिरहेका छन् । कहिलेसम्म झेल्नु पर्ने हो उनीहरूलाई थाहा छैन । त कानु बनाउनेले नै पनि यसको उचित जवाफ दिन सक्छ ।

आमाको नाममा नागरिता पाउनुपर्छ भनेर लामो समयदेखि अभियान चलाउँदैन आएको महिला, कानुन तथा विकास मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठ भन्छन्, ‘बुवाको नामबाट मात्र नागरिकता दिने प्रचलनका कारण धेरैले नागरिता पाएका छैनन्, यसले एकातिर उनीहरूको अधिकार हनन भएको छ अर्को तर्फ उनीहरूका दैनिक काममा समेत असर परेको छ । अहिलेसम्म देशभर नागरिता भएका नेपाली नागरिकका संख्या ५४ लाख छ’ उनले भने, यसमा कयौंले बनाउने आवश्यकता ठानेनन्, कयौँले बनाएनन्, धेरैचाहिँ आवश्यकता भएका र बनाउन चाहेकाले पनि बनाउन पाएका छैनन् ।’

‘आमाको नाममा नागरिता दिने भनिएको छ, तर, किन बाबुको पहिचान हुन नसक्नाको कारण पुष्ट्याउनुपर्ने भनिएको छ ।’ श्रेष्ठले भने, ‘यसले महिलालाई अपमान गरेको देखिन्छ ।’ आमासँग नेपाली नागरिता भएपछि उसको सन्तानले पनि वंशजको आधारमा सहज रूपमा नागरिता पाउनुपर्ने उनको भनाइ छ ।

बाबुआमाको नागरिता नभएका कारण विवाह दर्ता नहुने र सन्तानको जन्मदर्तासमेत नहुँदा कयौँले केही गर्न पाएका छैनन् । कयौंको आमासँग छ बुवासँग छैन, कयौँको बुवासँग छ आमासँग छैन । एउटासँग भएको नागरिकताले पनि उनीहरूको समस्या समाधान भएको छैन । नागरिताका कारण समस्या भोगिरहेकाका निकास चाँडै होस् भन्ने चाहन्छन् उनीहरू ।

प्रतिक्रिया