रनर मोटरसाइलको विन्टर अफर

काठमाडौं । रनर मोटरसाईकलको आधिकारिक बिक्रेता रमण मोटर्स प्रालिले यस वर्षको विन्टर अफरको घोषणा गरेको छ । प्रालिले बम्पर अफरमार्फत बंगलादेशस्थित रनरको फ्याक्ट्री भिजिटको आकर्षक अवसर प्रदान गरेको छ ।

साथै हरेक मोटरसाइकलको खरिदमा ग्राहकले स्क्रयाच गरी १० हजारदेखि १ लाख रूपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै एक्सचेन्ज अफरमा उचित मूल्यांकन र फाइनान्सको सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । रमण मोटर्सले अहिले नेपालमा १५० सिसीसम्मका ७ मोडलका मोटरसाईकल तथा ११० सिसीको स्कुटर बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया