शून्य डाउन पेमेन्टमा एनआयुको स्कुटर

काठमाडौं । एनआईयूको नेपालको लागि आधिकारीक वितरक ईको इन्फिनीटी प्रालिले शून्य डाउन पेमेन्टमा स्कुटर बेच्ने योजना ल्याएको छ । कम्पनीको उक्त अफर अनुसार नविल बैंक, सेन्चुरी बैंक तथा हिमायलन बैंकको फाइनान्सिङ सुविधा मार्फत स्कुटर खरिद गर्न सकिन्छ । तर, ग्राहकले जुन बैंकबाट एनआयुका स्कुटर खरिद गर्ने हो, उनीहरूसंग अनिवार्य रूपमा ती बैंकको क्रेटिड कार्ड हुनुपर्ने एनआयुले जनाएको छ ।

यस कम्पनीले नेपाली बजारमा चीनमा निर्मित स्तरिय लिथियम आयोन व्याट्री भएको एनआईयूका स्कुटरहरू बिक्री गरिरहेको छ । एनआईयूका स्कुटरमा शून्य डाउन पेमेन्टमा नविल बैंकले भने २० प्रतिशत डाउन पेमेन्ट राख्नु पर्ने योजना ल्याएको छ । जस अन्तर्गत स्कुटर किन्नेले ४९ हजार डाउन पेमेन्ट र १२ प्रतिशतका दरले २४ हजार रूपैयाँ अग्रिम व्याज भुक्तानी गर्नुपर्ने हुन्छ ।

नविल बैंकबाट एन सिरिजका स्कुटर किन्दा मासिक ११ हजार १११ रूपैयाँका दरले १८ महिनासम्म किस्ता तिर्नु पर्नेछ ।सेञ्चुरी बैंकले पनि कर्जा प्रबाह गरिरहेको छ । बैंकले आफ्नो क्रेडिट कार्ड प्राप्त ग्राहकको लागि एन सिरिजको स्कुटरमा अग्रिम व्याज वापतको १२ प्रतिशतले हुन आउने २९ हजार ८८० रूपैयाँ लिएर कर्जा प्रबाह गर्नेछ । अग्रिम व्याज तिरेपछि मासिक १३ हजार ८३३ रूपैयाँका दरले १८ महिनासम्म किस्ता तिर्नु पर्नेछ ।

हिमालयन बैंकले भने अग्रिम व्याज लिने छैन तर उसको पनि व्याजदर भने १२ प्रतिशत नै रहेको छ । बैंकले एन सिरिजका स्कुटर किन्दा सुरुमा ३० प्रतिशत डाउन पेमेन्ट बराबरको हुन आउने ७४ हजार ७०० रूपैयाँ जम्मा गर्नु पर्नेछ । त्यसपछि २४ महिनासम्म मासिक ८ हजार २०५ रूपैयाँका दरले किस्ता बुझाउने गरि ग्राहकले स्कुटर खरिद गर्न सक्ने छन् । तत्कालका लागि इलेक्ट्रीक स्कुटर किन्न चाहने मानिसले एनआईयूको एम र एन सिरीजका स्कुटर खरिद गर्न सक्ने छन् । नेपाली बजारमा एम सिरीजको मूल्य २ लाख २९ हजार र एन सिरीजको २ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया