इन्फिनिटी लघुवित्तले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रममा विपन्न वर्गका लागि लघुवित्त, वित्तीय साक्षरतासम्बन्धी नारा भएको सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले २३ जिल्लामा ४३ वटा शाखा कार्यालय मार्फत २४ हजारभन्दा बढी विपन्न घर परिवारलाई सेवा पु¥याएको . १ अर्व २० करोड कर्जा लगानीमा रहेको बताए । उनका अनुसार सदस्यहरूले संस्थामा ३९ करोड ४० लाखभन्दा बढी निक्षेप जम्मा गरेका छन ।

संस्थाले वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूको हकहितलाई ध्यानमा राखी महिलाको हात संस्थासँग साझेदारी गरी ५ जना ग्रामीण गरिब सदस्य तथा सदस्यको घरपरिवालाई जीवन उपयोगी ६ महिने तालीम काठमाडौंमा दिएको बतायउको छ । उक्त तालिमको खर्च सम्बन्धित सँस्थाले नै व्यहोर्ने गरी शीपमुलक, नेतृत्व सम्बन्धी तालीम दिइएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया