जनरल इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआइसी नेपाल) र लुम्बिनी विकास बैंक लिमिटेडबीच बंैकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा विकास बैंकबीच गत शुक्रबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कँुवर क्षेत्री र इन्स्योरेन्सका महाप्रबन्धक एस्के तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिसँगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

प्रतिक्रिया