नेपाल चेम्बर र भारत ट्रेड काउन्सिलबीच समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच दुई–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ दिल्लीमा भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठले हस्ताक्षर गरे । उक्त समझदारी पत्रमा नेपाल र भारत बीचको व्यापारलाई दुई–देशको हितमा हुनेगरी प्रवद्र्धन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदान–प्रदानका विषय समेटिएका छन् । ’ट्रेड मिसन’ लाई प्रभावकारी रूरुपमा अगाडि बढाउन दुई–पक्षीय व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, अन्तर्राष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका कुराहरू पनि उक्त समझदारी पत्रमा समेटिएको छ ।
चारवटा प्रमुख धाराहरू रहेको सो समझदारी पत्रको पहिलो धारा सहकार्यलाई प्रवद्र्धन गर्ने कुरा उल्लेख छ । त्यसैगरी, दोस्रो धारा सूचनाको आदान–प्रदान, तेस्रो ‘ट्रेड मिसन’ र चौथो धारा व्यापार प्रवद्र्धनका लागि आयोजना गरिने क्रियाकलापहरूसँग सम्बन्धित रहेका छन् । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार र बहुपक्षीय सम्बन्धलाई विस्तार गर्ने उद्देश्यअनुरूप हालसम्म विभिन्न देशका ६६ वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रतिक्रिया