कमजोर सरकारले जनता निराशः कांग्रेस नेता सिटौला

बनियानी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् । गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहना अनुसार काम गर्न नसकेको विचार व्यक्त गरे ।

“दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो”, उनले भने, “तर अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको कांग्रेसले पनि गतिलो भूमिका निर्वाह गर्न सकेको छैन ।

२०४६ सालको परिवर्तनपछि कांग्ेसको तत्कालीन नेतृत्वले व्यवस्था अनुकूल काम गर्न नसक्दा दश वर्षे युद्धको नरसंहार व्यहोर्नुपरेको बताउँदै उनले वर्तमान सरकारले विगतको इतिहास बुझेर जनपक्षीय हुनुपर्ने सुझाव दिए । उनले भने, “त्यसो भएन भने संघीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा पर्न सक्छ ।

नेता सिटौलाले संघीय संरचनाअनुसार कांग्रेसलाई रूपान्तरण गरी जनताका घरदैलोसम्म लैजानुपर्नेमा जोड दिए । वाइड बडी विमान घोटालाका विषयमा कांग्रेसको महासमिति भेलाले दोषीलाई कारवाही गर्नुपर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेकोसमेत नेता सिटौलाले बताए ।

प्रतिक्रिया