सनराइज बैंकको अध्यक्ष दुगडले लिए सपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । दुगड गत पौष २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएका थिए ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरूलगायत सनराइज बैंकका नवनिर्वाचित सञ्चालक श्रीमती शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायब महाप्रबन्धकद्वय अपछकुमार यादव र रविन नेपाल तथा कम्पनी सचिव ईश्वरकुमार पाठक उपस्थित रहेका थिए ।

प्रतिक्रिया