सातै प्रदेशमा नेपाल इन्भेस्टमेन्टको प्रादेशिक कार्यालय

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सातवटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरल तवरले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।

जसअन्र्तगत प्रदेश–१ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश–२ कोे वीरगञ्जमा, प्रदेश–३ को नारायणचौर ९नक्साल० मा तोकिएको छ । त्यस्तै, गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश–५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित वीरेन्द्रनगरमा र प्रदेश–७ का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।

बैंकिङ सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा विस्तारको क्रममा बैंकले काठमाडौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया