गोलकिपरको उत्कृष्ट प्रदर्शन

एजेन्सी, लन्डन । गोलकिपर डेविड डी हियाको उत्कृष्ट प्रदर्शनमा आइतबार इंग्लिस प्रिमियर लिगमा टोटेनह्याममाथि १–० को नतिजा निकालेसँगै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले उनी क्लब इतिहासकै सर्वकालीन गोलकिपर बन्न अग्रसर भएको बताएका छन् ।

वेम्बलीमा सम्पन्न खेलमा माउरिसियो पोचेटिनोको टोलीलाई निराश पारेसँगै तत्कालीन प्रशिक्षक जोजे माउरिन्होको बर्खास्तगीपछि टोली प्रशिक्षण सम्हालेका अन्तरिम प्रशिक्षक सोल्सजायरले आफ्नो क्षमता थप प्रमाणितसमेत गरेका छन् ।

मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा मार्कुुस रसफोर्डले गरेको गोल युनाइटेडलाई ३ अंक पक्का गर्न पर्याप्त बन्यो । त्यस्तै युनाइटेडका लागि मिडफिल्डर पाउल पोग्बा र डी हियाले प्रभावशाली प्रदर्शन गरेका थिए । डी हियाले खेल अवधिभर ११ वटा उत्कृष्ट बचाउ गरेका थिए । डी हियाले शीर्ष लिगमा कुनै पनि गोल नखाई एकै खेलमा धेरै बचाउ गरेको यो नै पहिलो खेल हो ।

प्रशिक्षक सोल्सजायरले डी हियालाई विश्वकै उत्कृष्ट गोलकिपरको संज्ञा दिँदै टोलीले उत्कृष्ट लयमा रहेको टोटेनह्यामविरुद्ध उच्च मनोबलका साथ प्रदर्शन गरेको बताए । हामीसँग विगतमा यस क्लबमा सर्वकालीन दुई गोलकिपर थिए, इडेबिन (भान डेर सार) र पिटर तर डी हिया उनीहरूलाई पछ्याइरहेका छन्,’ सोल्सजायरले भने, वेम्बलीमा हात पारेको जित ठूलो उपलब्धि हो, खेल भावना पनि उत्कृष्ट रह्यो ।’
यस जितसँगै सोल्सजायरले नर्वेका प्रशिक्षक म्याट बुस्बेले युनाइटेडको नेतृत्वमा रहँदा प्रिमियर लिगको सुरुआती ५ खेलमा निकालेको विजयी नतिजासँग बराबरीसमेत गरेका छन् ।

सोल्सजायरले प्रशिक्षण सम्हाल्नुअघि युनाइटेड आर्सनलभन्दा ८ अंकले पछि थियो । तर, सोल्सजायरको आगमनपछि निरन्तर सुखद् नतिजा ल्याएको युनाइटेडले अहिले भने पाँचांै स्थानको आर्सनलसँग अंक बराबरी गरेको छ । यस जितपछि छैटौं स्थानको युनाइटेड र पाँचांै स्थानको आर्सनलको समान २२ खेलबाट ४१ अंक छ भने समान खेलमा ४७ अंक जोडेको चेल्सी चौथो स्थानमा छ । ५७ अंकका साथ लिभरपुल शीर्ष स्थानमा यथावत् छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । टोटेनह्याम भने ४८ अंकका साथ तेस्रो स्थानमा छ, जुन शीर्ष स्थानको लिभरपुल भन्दा ९ अंक कम हो ।

यता टोटेनह्यामका प्रशिक्षक पोचेटिनोले हारका बाबजुद टोलीको प्रशंसा गरे । ‘हामीले नतिजा आफ्नो पक्षमा पार्न सक्दो प्रयास ग¥यौँ,’ पोचेटिनोले भने, ‘सम्भवतः हामीले खेल आफ्नो नियन्त्रणमा राख्दै धेरैभन्दा धेरै गोलको अवसर सिर्जना गरे पनि त्यसाई सदुपयोग भने गर्न सकेनांै ।’

आइतबारै सम्पन्न अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २–० ले हराएको छ । एभर्टनको जितमा कुर्ट जोैमा र डोभिनिच कल्भर्टन लेविनले समान एक गोल गरे । सोल्सजायरको आगमनपछि निरन्तर सुखद् नतिजा ल्याएको युनाइटेडले अहिले भने पाँचांै स्थानको आर्सनलसँग अंक बराबरी गरेको छ ।

प्रतिक्रिया