दोलखाका १२ विद्यालयलाई एडिबीको सहयोग

दोलखा । भूकम्पका कारण क्षतिग्रस्त भएका दोलखा जिल्लाका १२ विद्यालय भवन निर्माणका लागि सम्झौता भएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा डिजास्टर रेजिलेन्स अफ स्कुल प्रोजेक्टअन्तर्गत दोलखाको विभिन्न स्थानमा रहेका १२ वटा विद्यालय भवन निर्माण गर्न जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखा र सम्बन्धित विद्यालय व्यवस्थापन समिति बिच सम्झौता गरिएको हो ।

उक्त भवन निर्माणका लागी केन्द्रिय आयोजना कार्यान्वयन इकाइ शिक्षा र निर्माण कम्पनी शर्मा स्वच्छन्द खानी जेभी नयाँ बानेश्वर बिच पौष ८ गते सम्झौता गरिएको थियो । भने विद्यालय भवन निर्माणका क्रममा विद्यालयले उपलब्ध गराउनुपर्ने सहयोग सम्बन्धि जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखा र सम्बन्धित विद्यालय व्यवस्थापन समिति बिच ८ बुदे सम्झौता गरिएको हो ।

भ्याट सहित कुल ७१ करोड ४२ लाख १४ हजार २ सय १६ रूपैया ८४ पैसामा निर्माण हुने १२ विद्यालय निर्माण सुरु भएको ५ सय ४० दिन अर्थात १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । ७ कोठा देखी २२ कोठा सम्मका सुविधा सम्पन्न भवन निर्माण गरिने जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका इन्जिनियर राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

दोलखा जिल्लाको मेलुङ गाउँपालीकामा रहेको आजादी मावि, भीम मावि, भिमेन्द्र आधारभुत विद्यालय, भुमेस्थान मावि, शैलुङ गाउँपालीकामा रहेको भद्रेश्वर आधारभुत विद्यालय, दोलखाको जिरी नगरपालीकामा बौद्ध भुवनेश्वरी माविको विद्यालय भवन निर्माण हुनेछ ।

त्यसैगरी विगु गाउँपालीकामा रहेको गौरिशंकर मावि, कालिन्चोक गाउँपालीकामा रहेको ताम्राकौशिका आधारभुत विद्यालय, भीमेश्वर नगरपालीकामा रहेको कुटीडाँडा मावि, महेन्द्रदोय मावि र तामाकोशी गाउँपालीकामा रहेको संखेश्वर आधारभुत विद्यालय र महेन्द्र माविको भवन निर्माण गरिनेछन् । उक्त विद्यालयहरूमा भुकम्प पछि अहिले सम्म अस्थायी सीकाइ केन्द्रमा नै विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया