स्व.वि.यु निर्वाचनको लागि त्रिवीको पत्राचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी गर्न सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई परिपत्र गरेको छ। विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सम्पूर्ण क्याम्पसलाई पत्राचार गरेर चुनावको तयारी गर्न अनुरोध गरेको हो ।

चुनावको तयारी गर्न विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर मगरले सबै क्याम्पस प्रमुखहरुलाई सोमबार पत्राचार गरेका हुन् । उक्त पत्रमा चुनाव सम्बन्धी अन्य आवश्यक जानकारी पछि पठाईने भन्दै मिति भने तोकिएको छैन । त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ ।

उक्त परिपत्रमा त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्व.वि.यु. निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा भएको हुँदा २०७५ फागुन महिनामा हुने स्व.वि.यु. निर्वाचनको पुर्व तयारी गर्न गराउन भनिएको छ । अहिलेको स्ववियुको २ बर्षे अवधि फागुन १८ गते सकिदैं छ । त्रिविले यस अघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको थियो ।

सोही चुनावबाट त्रिविमा स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेरको हदबन्दी लागू भएको थियो । त्रिविले अघिल्लो वर्ष विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढँगले स्ववियु निर्वाचन गराउने अपेक्षा लिएको छ ।

प्रतिक्रिया