शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

सल्यान । शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–२ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र विशाल बस्नेतलाई शिक्षकले कुट्दा घाइते भएका छन् ।

बुधबार दिउँसो १२ बजेतिर विद्यालयको प्रांगणमा बस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले निर्घात कुटपिट गरेको विद्यार्थीका बुबा तेजबहादुर बस्नेतले बताएका छन् ।

पेट, टाउको, छातीमा आपूूmलाई चोट लागेको र दुई÷तीनपटकसम्म पिट्दासम्म आफूूलाई होस भए पनि पछि बेहोस भएर आपूmलाई श्रीनगर ल्याउँदासम्म केही थाहा नभएको पीडित, विद्यार्थीले बताए । घाइते विद्यार्थीको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भएको छ । घाइते विद्यार्थीको टाउकोमा चोट लागेको र उनी अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

यता प्रधानाध्यापक पूूर्ण भण्डारीले विद्यालयमा दुई विद्यार्थीबीच झगडा भइरहेका समयमा शिक्षकहरूले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको हुनसक्ने बताए । तर, नियतवस भने विद्यार्थीलाई शिक्षकले कुनै पनि हातपात नगरेको उनले बताए ।

प्रतिक्रिया