काठमाडौं । मकवानपुर राक्सिराङकी १२ वर्षीया विवाहित गंगामाया चेपाङले स्वस्थ्य छोरी जन्माएकी छन् ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बुधबार उनले छोरीलाई जन्म दिएकी हुन् । दिउसो १२ बजेर ५७ मिनेटमा शल्यक्रियामार्फत उनले छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले जानकारी दिए । अहिले आमा र छोरी दुवैै स्वस्थ रहेका छन् भने नवजात शिशुको तौल २ दशमलव ९ केजी रहेको अस्पतालले जनाएको छ ।
१२ वर्षकै उमेरमा गर्भवती भन्ने समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वास्थ्यबारे चासो व्यक्त गरेका थिए । प्रधानमन्त्रीकै निर्देशनमा करिब डेढ महिनाअघि गंगामायालाई काठमाडौं ल्याइएको थियो । अस्पताल ल्याएसँगै उनी प्रसूति गृह अस्पतालका चिकित्सकको निगरानीमा थिइन् ।
यसअघि, पनि सानै उमेरमा बच्चा पाएका घटनाहरू भने धेरै रहेका छन् । निर्देशक डा. गौतमका अनुसार नेपालमा नै २२ वर्षअगाडि ११ वर्षको उमेरमा बच्चा पाएको घटना रहेको बताए । उनले नै ११ वर्ष ७ महिनाको गर्भवतीलाई अप्रेसन गरेर सुत्केरी गराएका थिए । चेपाङको स्वास्थ्य अवस्था केही जटिल देखिए पनि उनले स्वस्थ्य छोरी जन्माएकी हुन् ।
यसअघि पेरुमा पाँच वर्षमै आमा
सन् १९३९ मा पेरुमा लुना मेदिनाले ५ वर्षमा बच्चालाई जन्मएर विश्वलाई आश्चर्यमा पारेकी थिइन् । ५ वर्ष ७ महिनाकी अविवाहित उनले एक स्वस्थ छोरो जन्माएकी हुन् । यस्तो सानो उमेरमा बच्चा जन्माउने क्षमता करिब १ लाखमा एक जनामा हुने गरेको स्वास्थ्य अनुसन्धानले देखाएको छ ।
उनका परिवारले गर्भ ७ महिनाकोे हुँदासमेत थाहा नपाएर ट्युमर भनी बसेका थिए । तर, पछि स्वास्थ्य जाँच गर्न जाँदा मात्र उनी गर्भवती रहेको थाहा पाएका थिए । ५ वर्षीया बालिकालाई कसले बलात्कार गरेको भन्ने कसैलाई नै थाहा नभएपछि यस्तो भएको थियो ।
के थियो रहस्य ?
लिना मदिनाको जन्म पेरुको तिक्रापोमा सन् १९३३ को सेप्टेम्बर २७ मा भएको थियो । सुनार परिवारमा जन्मिएकी उनका बुबा टिबुरेलो मदिना र आमा भिक्टोरिया लोसिया हुन् । लिना पाँच वर्षकी हुँदै पेट अस्वाभाविक रूपमा बढ्न थालेपछि उनका आमा–बुबा चिन्तित भएका थिए । चुकी तिक्रापो एक ग्रामीण इलाका थियो, त्यसकारण उनीहरू स्थानीय मान्यताअनुसार झारफुक गर्ने व्यक्तिसँग परामर्श लिएका थिए । थुप्रै झारफुक र अनुष्ठानपश्चात् पनि केही भएको थिएन । उनको पेटको आकार निरन्तर बढिरहेको थियो ।
त्यसपछि आमा बुबाले छोरीको उपचारको क्रममा चिकित्सकलाई देखाउन पिस्को शहरको एक अस्पताल पु¥याए । सुरुमा सबैले सोचेका थिए, उनको पेटमा ट्युमर पलाएको छ तर डाक्टरले परीक्षणपछि निष्कर्ष निकाले– उनी सात महिनाकी गर्भवती हुन् । डा. जेरार्दोे लोजादाले उनी गर्भवती भएको पुष्टि गर्नका लागि अन्य विशेषज्ञलाई देखाउन लिमा पु¥याए । त्यहाँ पनि उनी गर्भवती भएको पुष्टि भएको थियो ।
साढे दुई वर्षमै रजस्वला
लुना साढे दुई वर्षमा नै रजस्वला भएकी थिइन् । डाक्टरहरूले यसबारे थप उपचार गर्दा उनको महिनावारी उनी आठ महिना हुँदादेखि नै सुरु भएको पत्ता लगाएका थिए । चार वर्षको उमेरसम्म उनको स्तन पूर्ण रूपमा विकसित भइसकेका थिए । पाँच वर्षको उमेरसम्म उनको कोखको चौडा र अंग परिपक्कता पनि निकै हदसम्म भइसकेको थियो ।
जब बच्चा निकाल्न डाक्टरहरूले उनको शल्यक्रिया गरे तब उनीहरूले पनि उनको शरीरभित्र प्रजनन अंगको विकास पूर्ण भइसकेको पाएका थिए । लिनाको छोराको नाम डा. जेरार्दोको नामसँग प्रभावित भएर जेरार्दो नै राखियो । जन्मका बेला बच्चाको तौल २.७ किलोको थियो । सन् १९७९ मा जेरार्दोको ४० वर्षको उमेरमा ‘बोन म्यारो’ रोगका कारण मृत्यु भइसक्यो । पछि लिनाले राउल जुरादोसँग विवाह गरेकी थिइन् ।
प्रतिक्रिया