विद्यालयमा सौर्य ऊर्जा जडान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम तथा विकट क्षेत्रका तीन सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ ।विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालय अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो ।

मालिका गाउँपालिकाको राष्ट्रिय मावि डाँडागाउँको अमरज्योति मावि र देवीस्थानको भीम माविमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत आपूर्ति गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिईन् ।

केन्द्रले एउटा विद्यालयका लागि चार लाख रु ५७ हजार ८९० अनुदान उपलब्ध गराएको थियो । सोलार ढुवानी र जडानका लागि विद्यालयले आन्तरिक स्रोत परिचालन गरेका थिए । सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला सञ्चालन, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको भीम माविका प्रअ डम्बर घर्तीले बताए ।

प्रतिक्रिया